रुपन्देही मुख्य निर्वाचन अधिकृतसँग सर्वदलिय बैठक, आचारसंहिता पालना गर्न गर्दै पर्व मनाउन आग्रह

खबर नागरिक

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृतसँग राजनैतिक दलका प्रतिनिधीहरुसँग छलफल गरिएको छ । 

मनोनयन दर्ता लगायत निर्वाचन कार्यक्रमलाई सहजता प्रदान गर्दे कसरी अगाडि बढ्ने विषयमा जिल्लाका राजनैतिक दलका प्रतिनिधीहरुसँग छलफल गरिएको हो । छलफलमा निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता, मनोनयन दाखिलाको समय र त्यसका लागि चाहिने आबश्यक कागजातका वारेमा छलफल गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा भएको बैठकमा निर्वाचन आयोगले जारी गरेको आचार संहिता कडाइका साथ लागु गर्ने र मनोनयन दाखिलाको समय तालिका लिई सहज र सौहार्द तरिकाले दर्ता गर्ने सहमति भएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन आचारसंहिता पालना गर्न र उल्लंघन हुन नदिन कडाई गर्नुपर्नेमा जोड दिए । यो राजनैतिक दलहरुको उत्सव रहेकोले यसलाई उत्सवकै रुपमा लिईे दलहरुकै सहमतीमा बनेको आचारसंहिता कार्यान्वयन गर्नु पर्छ ।

भैरहवामा आइतबार रुपन्देही क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा भएको  छलफलमा बोल्दै उनले हामीले निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाई गर्छौं, यसका लागि सबैको साथ सहयोग जरुरी हुने बताए । 

उनले कानूनले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्दिष्ट अधिकार दिएको जनाउँदैं त्यो अवस्था आउन नदिनु सबैलाई अवगत गराए । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित तरिकाले सम्पन्न गर्न सबैको सहयोग र सहकार्य जरुरी रहेको प्रमुख निर्वाचन अधिकृत बस्नेतको भनाई छ ।

स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निष्पक्ष ढंगबाट भुमिका निर्वाह गरी दल तथा उमेद्वारहरुले अनुशासित र आचार संहिता पालना गरेर पर्व मनउनु पर्छ । आचारसंहिता पालना गरि स्वास्च्छ र निस्पक्ष ढंगबाट निर्बाचनमा सहभागि भए निर्वाचन सफल हुनेछ । 

छलफलमा मुख्य निर्वाचन अधिकृत बस्नेतले सहभागी दलका प्रतिनिधि तथा जिल्ला अध्यक्षहरुलाई निर्वाचन आचारसंहिताबारे जानकारी समेत गराएका थिए । दलहरुले पनि निर्वाचनलाई सभ्य बनाउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

छलफलका क्रममा दलहरुलाई मंगलबार उम्मेदवारी दर्ता गर्ने क्रममा समय निर्धारण समेत गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुको चाहना अनुसार समय निर्धारण गरेको जनाएको छ । 

कार्यक्रममा बोल्दै दलका प्रतिनिधीहरुले आचारसंहिता सबैलाई बराबर हुनुपर्ने, निर्वाचन सम्बन्धी ऐननियम सबैलाई पालना गराउनु पर्ने, स्वतन्त्र रुपमा प्रुशासनिक काम हुदा राजनैतिक दलले पुरै सहयोग गर्ने, नियम उल्लंघन गर्दा निर्वाचन आयोग मौन बस्न नहुने बताउदै आयोगसँग सहकार्य गर्दै अघि बढ्ने जनाए । आमनागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई भयरहित वातावरण निर्माण गर्नुपर्नेमा दलहरुको जोड छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने निर्वाचन कार्यक्रम छ । यस्तै  माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तालिका छ ।


प्रतिक्रिया