एभरग्रीन प्यासिफीक सामूहिक खेल महोत्सवको च्याम्पीयन

खबर नागरिक

भैरहवा । भैरहवामा भएको भएको २२ औं सामूहिक खेल महोत्सव २०८२ को च्याम्पीयन एभरग्रीन प्यासिफीक हाई स्कुल बनेको छ । विद्यालयले ९ वटा स्वर्ण पदक प्राप्त गर्दै १५ विद्यालयलाई पछि पार्दै दोस्रो पटक च्याम्पीयन बनेको हो ।

सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा २२ औ सामूहिक खेलकुद महोत्सव मंसिर १९ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । ‘स्थिरता र शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ महोत्सव अन्तर्गत अन्तर विद्यालय क्रिकेट, भलिबल र एथलेटिक्स प्रतियोगिता भएको थियो । 

रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित निजी विद्यालयहरुको साझा संस्था सामुहिक विद्यालय परिवारको हो । विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन  तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न विगतका वर्ष जस्तै प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष शमशाद इद्रिशीले बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निम्ति २०५९ साल देखि नै सामुहिक खेल महोत्सव गर्दै आएको बताए ।


क्रिकेट र भलिबल पश्चात एथलेटिक्स खेल पनि सम्पन्न भएको छ । एथलेटिक्स तर्फको खेलमा प्रथमसँगै एभरग्रीनले रनिगंसिल्ड प्राप्त गरेको छ । त्यस्तै ६ वटा स्वर्ण पदक प्राप्त गर्दै  एभरेष्ट मोर्डन इङ्ग्लिस  स्कुल द्वितीय र ४ स्वर्ण पदक प्राप्त गर्दै सञ्जिवनी शिक्षा सदन तृतीय भएको छ । 

महोत्सवअन्तर्गत १९ गतेदेखि २२ गतेसम्म क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो भने २३ गतेदेखि २४ गतेसम्म भलिबल प्रतियोगिता गरिएको थियो ।  

खैलकुदमा सहभागी विद्यालय मध्य सब जुनियर तर्फ ३ स्वर्ण पदक प्राप्त गर्दै एभरग्रिन पेशिफिक स्कुल उत्कृष्ट भएको छ । त्यस्तै जुनियर तर्फ ५ स्वर्ण पदक प्राप्त गर्दै एभरेष्ट मोर्डन इङ्ग्लिस स्कुल उत्कृष्ट भएको छ भने सिनियर तर्फ नमुना बोर्डिङ स्कुल उत्कृष्ट भएको छ । 

महोत्सवमा विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख इस्तियाक अहमद खान, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, परिवारका सल्लाहकार तथा अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

एथ्लेटिक्सतर्फ सब–जुनियर, जुनियर र सिनियर समूह गरी कुल ४८ वटा इभेन्ट समावेश गरिएकोमा परिवारका १६ वटा विद्यालयको सहभागिता रहेको थियो । खेल महोत्सवमा विभिन्न ३ तहमा खेलकुदको आयोजना गरिएको थियो । जसमा लंगजम्प, सटपुट, दौड, रिले लगायतका खेलहरु भएको थियो । 

वि.स.२०५९ सालमा सस्थापक अध्यक्ष विएन शर्माले सुरुवात गरेको खेल महोत्सवको सुरुवात गरेका थिए । शैक्षिक गतिविधीसँगै अतिरिक्त क्रियाकलापलाई बढावा दिदै परिवारमा रहेका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि समबन्ध जोड्नका लागि प्रतियोगिताले भुमिका खेल्दै आएको छ । शिक्षाको साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रमहरु गर्दै आएको छ । 


प्रतिक्रिया