भैरहवा हाटबजार अत्याधुनिक कृषि भवनमा, स्थानान्तरण पछि व्यवसायी र ग्राहक दुवै खुसी

माेहम्मद हबिब

भैरहवा । प्राय हाटबजार त्रिपाल टांगेर, टिनको छाप्रो र सेडहरुमा देखिन्छ । कहि बाटोमा त कही बगैचा र खुला ठाउमा हाट हरु लाग्ने गर्छ । रुपन्देहीको भैरहवामा पनि साताको २ दिन आइतबार र बिहीबार यस्तै प्रकृतिले लाग्ने भएपनि बिहीबारदेखि यहाँको बजार अत्याधुनिक भवनबाट सुरु भएको छ । 

ऐतिहासिक हाटबजारको रुपमा रहेको बजार पहिलाकै स्थानमा १२ करोड लागतमा निर्मित अत्याधुनिक सामुदायिक कृषि भवनमा स्थानान्तरण भएको छ । 

खुल्ला आकाशमुनि घाम, पानी र धुलोका बीच अव्यवस्थित ढंगले सडक किनारमा लाग्दै आएको बजार अब सुविधासम्पन्न संरचनाभित्र समेटिएको छ । सिद्धार्थनगर नगरपालिकाले पाँचतल्ले ‘ए ब्लक’ सामुदायिक कृषि भवन विविध कारणले प्रयोगविहीन अवस्थामा भएपछि नगरपालिकाको कार्यपालिका बैठक र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाको प्रयासले भवनले सार्थकता पाएको हो । 

सडक अवरुद्ध हुने गरी अव्यवस्थित रुपमा लाग्दै गरेको बजार पनि व्यवस्थित पनि हुने र प्रयोगमा आउन ढिलाई भइरहेको बेला नगरपालिकाको यो निर्णयले नगरवासीले हर्षित छन । यसले एकातर्फ उपभोक्तालाई सहज, बाटो जामको समस्या हट्ने र व्यपारीलाई समेत घाम, हावा पानीबाट पनि असर नगरी सुरक्षित बनाएको छ । 

स्थानान्तरणको पहिलो दिन झण्डै ३५० देखि ४०० जना व्यवसायीहरूले नयाँ भवनबाट आफ्नो कारोबार सुरु गरेका छन । नगरपालिकाले पहिलो चरणमा कृषि उपजका वस्तुहरूलाई प्राथमिकता दिएर व्यवस्थापन गरेको छ भने आगामी दिनमा अन्य व्यवसायलाई समेत क्रमशः स्थानान्तरण गर्ने योजना बनाएको छ । 

निर्माणधिन अवस्थामा रहेको ‘बी ब्लक’ को काम पनि तिव्रताका साथ भइरहेको छ, सम्भवतः असारमा सम्पन्न हुने भएपछि कृषि बाहेकका अन्य व्यवसायलाई यही व्यवस्थापन गरि सबै प्रकारको सेवा र उद्धेश्य पुरा हुने प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । अहिलेलाई नगरपालिकाले आफै सञ्चालन गर्नेगरी योजना अघि बढाएको छ बेसमेन्ट, भुई तला र पहिलो तलामा कृषि उपजलाई प्राथमिकता दिदै प्रयोगमा ल्याएका छौ । नगरपालिकाले व्यवसायीहरूलाई प्रोत्साहन गर्न असार मसान्तसम्म कुनै पनि भाडा वा शुल्क नलिने गरी कार्ययोजना बनाएको छ ।

आइतबार र बिहीबार हाटबजारकोमा रुपमा सञ्चालन गर्ने र अन्य दिनमा पनि पसल सुचारु गर्नका लागि नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।  असार पछि दुबै ब्लकबाट सेवा सुचारु हुने गरि सबै भवन उद्देश्य अनुरुप प्रयोगमा ल्याउने गरी कार्यविधी बनाई न्यूनतम सहुलियतपूर्ण शुल्क निर्धारण गरि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । 

बाटो र फुटपाथमा रहेका व्यवसायी र ठेलालाई समेत अहिले ब्लकको परिसरमा व्यापारको लागि व्यवस्थापन गरिएको छ । 

व्यवसायीहरूलाई व्यवस्थितरुपमा राखिएपछि खुशी छन । पहिले आउनेलाई प्राथमिकता दिने नीति अनुरूप काम भइरहेको छ, नगरपालिका क्षेत्रभित्रका कुनै पनि फुटपाथमा व्यापार गर्न नपाइने कडा नीति समेत अघि सारेको छ । किसानका उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यका साथ पनि यसलाई सञ्चालनमा ल्याइएको छ यसले नगरप्रमुख ईस्तियाक अहमदले लिएको नारा क्लिनी ग्राीन इकोफ्रेण्डली लाई समेत पुरा गर्ने विश्वास छ ।  बजारले भैरहवाको सहरी सौन्दर्यता बढाउनुका साथै आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया