रुपन्देहीमा मदिरा बिक्री र ओसारपसार गर्ने एक दर्जन बढी पक्राउ, ४ पसल सिल

खबर नागरिक

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मदिरा बिक्रीवितरण गर्ने पसललाई सिल गरि दर्जनबढिलाई नियन्त्रणमा लिएको । 

स्थानीय प्रशासनले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मदिरा बिक्रीवितरण निषेध गरेकोमा निर्णयलाई लत्याउदै मदिरा बिक्री वितरण तथा ओसारपसार गरेको पाइएकोले अनुगमनका क्रममा रुपन्देहीका विभिन्न स्थानका ४ वटा पसल विभिन्न स्थानबाट एक दर्जनभन्दा बढी व्यक्तिहरू पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बुद्धचोक स्थितबाट रेष्टुरेन्टका संचालक सहित ९ जना,  मायादेवी गाउँपालिका वडा नं. ५ गोनाहा चोक स्थित मदिरा पसलबाट दामी र इश्क नाम लेखेको मदिरा ११० बोतल मदिरा,  शुद्धोधन गाउँपालिका वडा नं. ७ भगलापुर र  वडा नं. ३ सियाभार स्थितबाट  रेष्टुरेन्टका संचालक  २ जना गरी ११ जनालाई नियन्त्रणमा लिईएको हाे ।

प्रहरी स्रोतका अनुसार निषेधित मदिराको कारोबारमा संलग्न रहेको पाइएपछि पसलहरूलाई समेत सिल गरिएको छ भने मदिरा बिक्री वितरण गर्नेलाई नियन्त्रणमा लिइएको छ । 

जिल्लाभर मदिरा नियन्त्रणका लागि प्रहरीले विशेष टोली परिचालन गरी अनुगमनलाई कडा बनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरीले यस अभियानलाई सशक्त रूपमा अगाडि बढाउने जनाएको छ । 

जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थहरुको विक्री, वितरण र सार्वजनिक स्थानमा सेवनलाई पूर्णरुपमा निषेध गरिएको छ । मदिरा विक्री वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।


प्रतिक्रिया