मर्चवारमा मोतिविन्दुको समस्या विकराल, शिविरले पत्ता लाग्याे ९० प्रतिशतमा समस्या

खबर नागरिक

भैरहवा । शनिबार विहानै मर्चवारकी एक महिला आखा शिविर भन्दै घरबाट निस्कीन, आखामा समस्या देखिएकोले उनी विहानै उपचारका लागि मझगावा आइन । नाम दर्ता गराई डाक्टर सम्म पुगिन । डाक्टरले आखाँमा मोतिविन्दु भएकोले अप्रेशन गर्न सुझाए तर उनले अप्रेशन नगर्ने बरु औषधी दिनुपर्ने भन्दै औषधी लिइन । खबर नागरिकको टिमले उनी किन अप्रशेन नगराई औषधी लिइन भन्दै बुझदै जादा उनको अप्रशेन नगर्नुको कारण अप्रशेन पछि कसले रेखदेख गर्ने भन्ने विषयले औषधी लिएकी रहिछन । पतिको देहावाशन भएको रेखदेख र स्याहार नहुने भन्ने चिन्ताले उनी आखाँको समस्या लिएर नै बस्ने निर्णय गरिन । 

हुन त मोतिविन्दुको उपचार लेन्स प्रत्यारोपण नै हो औषधीले समस्या समाधान होइन, पैसाको समस्या पनि होइन निशुल्क अप्रशेनको व्यवस्था रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले गरिरहेको थियो ।  उनीजस्तै मझगावामा आखाँका समस्या लिएर सयौँ बृद्धहरु देख्निथे । कोही एक्लै त कोही सहयोगीका साथ आखाँ जाँच गराउनका लागि आएका थिए । क्लबको दशौँ स्थापना दिवसको अवसरमा शिविर राखेकाले आखाँ जाँचका लागि त्यो भिड थियो । 

कोही भैरहवा उपचार गर्न टाढा भएकोले नगएको सुनाए भने कोही आर्थिक अवस्था र सहयोगी नभएकोले शिविर आउने आशमै बसिरहेको भेटिए । यही शिविर आए आखाँ जाँच गराउने मनसायले बसिरहेकी प्रारम्भिक जाँचबाट नै धेरैको मोतिविन्दु भएको पत्ता लाग्यो । 


शनिबारको शिविरमा मर्चवारमा गरिएको जाँच मध्ये ९० प्रतिशतमा मोतिविन्दुको समस्या देखिएको उपचारमा संलग्न दृष्टि विशेषज्ञ दिपेन्द्र यादवले भने । उनले केहीमा मासु पलाएको र अन्य समस्या देखिएपनि अधिकांसमा मोतिविन्दु नै समस्या रहेको बताए । 

नियिमित रुपमा आखाँ जाँच नगराउदा यहाँको आखामा धेरै यी समस्या देखिएको छ, अस्पतालसम्म पहुच नपुगेको कारण धेरै समस्या देखिएको छ भने केही आर्थिक कारणले पनि समस्या बोकेर हिड्ने गरेको पाइएको विशेषज्ञ यादवले भने । 

यो जुनसुकै उमेरलाई हुने भएपनि यहाँ अधिकांस ५०–६० वर्ष उमेर समूहका महिलाहरुमा बढि देखिएको छ , यस्बाट जोगिनका लागि नियमित आखाँ जाँच गराउनु, धुलोधुवाबाट जोगिनु, अधिक तापक्रममा नबस्नु हो । जनचेतना अभावले पनि समस्याहरु बढ्दै गएका छन, पुरुषहरुले स्क्रीनिङ गराउने तर महिलाहरु पहुचमा नपुगेको कारण पनि शिविरबाट धेरै जना लाभान्वित हुने गरेका छन । 

शिविरमा आखाँ जाँचसहित औषधी वितरण र आवश्यक परे शल्यक्रिया पनि गरिने छ । शिविरमा ६ सय बढिले सेवा लिई २ सय ५० जनाको मोतिविन्दुको शल्यक्रियाका लागि योग्य रहेकोले निशुल्क शल्यक्रिया गरिने क्लबका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । मोतिविन्दु यस क्षेत्रबाट उन्मुलन गर्न नसकेपनि यस्ता कार्याक्रमले निवारण हुने हुदा सरकारी पक्षबाट पनि काम गर्न जरुरी रहेको बताए । 

रुपन्देहीको मर्चवार क्षेत्रका अधिकांसको आखाँमा मोतियाविन्दुको समस्या देखिएपछि मोतियाविन्दु निवारण गर्न नै शिविर चलाएको हो । रोटरीको अभियाननै अहिले आखाँ स्वास्थ्यमा काम गरिरहेको छ  सोही अनुसार क्लबको १० औँ स्थापना दिवसको अवसरमा यो कार्यक्रम गरिएको अध्यक्ष शर्माले जानकारी दिए । 

लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक हिरा शाहले लुम्बिनी प्रदेशमा ३० हजारभन्दा बढी मानिस मोतियाबिन्दुबाट प्रभावित रहेको र अधिकांस मर्चवार एवं लुम्बिनी आसपासका क्षेत्रमा बिरामीको रहेकोले रोटरीले समुदाय लक्षित गर्न लागेको बताए । 

रोटरीको प्रस्तावित सामुदायिक आखाँ उपचार केन्द्र मझगावा परिसरमै शिविर गरेको हो ।  शिविरबाट परिक्षण गरी मोतियाविन्दु देखिएमा लुम्बिनी नेत्रालयको प्रविधिक सहकार्यमा क्लबले निशुल्क अप्रेशन समेत गर्ने छ । शल्यक्रिया नयाँ प्रविधिअनुसार ’टपिकल फेको’ विधिबाट गरिने छ ।


प्रतिक्रिया