भैरहवा । नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार वासुदेव घिमिरेले यस क्षेत्रमा भएको प्रमुख समस्याहरु समाधान गरेर लैजाने बताएका छन ।
भेटघाटको कार्यक्रममा रहेका उनले भैरहवामा क्रियाशिल प्रेस चौतारी रुपन्देही सम्बद्ध पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमाले यहाँ निर्वाचन जितेको बताए । उनले म यहाँको लागि नया नभएकोले यहाँको स्थानीय भएको कारणले समस्याको बारेमा धेरै अवगत रहेकोले अभिभावकत्व भुमिकामा रही निर्वाचन पछि यस क्षेत्रको फोहोरमैला व्यवस्थापन, अन्तराष्ट्रिय उडानको निरन्तरताका लागि प्राथमिकताका साथ पहल गर्ने बताए ।
विगतमा तिलोत्तमा नगरपालिकामा स्थानीय तहको नेतृत्व गरेको अनुभव, संघीय सांसदमा ३ वर्ष सांसदले खेल्ने भुमिका निभाएको, विभिन्न संघसंस्था, संगठक, राजनितिज्ञ, किसान र निजी क्षेत्रको मर्का पिडा बुझेकोले त्यसलाई आत्मसात गर्दै यहाँ भएको समस्या निराकरण गर्न क्षमता राख्ने बताए ।
जसरी तिलोत्तमा नगरपालिकामा एक कार्यकाल स्थानीय सरकार चलाएर परिवर्तन ल्याई देशकै उत्कृष्ट बनाई विश्वसामु चिनाउन सफल भए, संघीय सासदको रुपमा रही नितिगत, विकास, जनताको आवाजलाई मुखारीत गर्ने काम गरेको त्यसरी अब यो क्षेत्रको परिवर्तनका लागि लाग्ने बताए ।
प्रतिस्पर्धामा धेरै जना हुनुहुन्छ उनका राम्रा नराम्रा भन्नु भन्दा म आफु यहाँका नागरिकले के चाहँन्छन, स्थानीय तह, प्रदेश र संघको समन्वय सहकार्य र सहजीकरणको लागि उपयुक्त रहेको बताए । यहाँको बाकीको कामको नेतृत्व गर्ने , अपुरा काम पुरा गर्ने लगायत यहाँको आम नागरिकको समस्या समाधान तर्फ लाग्ने बताए । गर्न सक्ने काम सहितको प्रतिबद्धताका साथ आफु आउने भन्दै उनले विगतको जस्तो भद्दा घोसणा पत्र नराख्ने बताए ।
कृषि, पर्यटन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्नुपर्नेकामहरु मात्रा योजनाबद्ध ढंगले ५ वर्षमा गर्न सकिने काम मात्रा घोसणा पत्रमा राख्ने बताए । यहाँसँग जोडिएको महत्वपूर्ण योजना अन्तर्गतको ठूलो धनराशी खर्च भयो तर पूर्ण सञ्चालन हुन सकेको छैन यसलाई पहिलो प्राथमिकतामा राखेर जसरी पनि छोटो समयमा सुचारु गर्ने जिम्मेवारी रहने बताए । यस्तै फोहोर व्यवस्थापन, भुमिहिन अव्यवस्थित बसोवासी, रंगशालाको विकास, सौन्दर्यीकरण लगायतको काम गर्दे सुशासन कायम गराउदै भ्रष्टाचार नियन्त्रण गर्न र सन्तुलित विकास गर्न जोडदार योगदान रहने बताए । सन्तुलित विकास नभएको कारण यो खालको बितृष्णा आएको हो । यो सबै काम गर्न अधिकार चाहिएकोले त्यसका लागि आम नागरिकले सहयोग गर्ने अपेक्षा रहेको बताए ।
जनता हालै भएको आन्दोलनले सचेत भएका छन, व्यक्तिको विगत हेरेर आम नागरिकले नेता रोज्ने बेला अहिले आएको छ । एक मतले चिरकालसम्म महत्व राख्ने हुदा त्यही अनुसारको अधिकार प्रयोग गर्न आग्रह गरे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा निवर्तमान संघीय सांसद घिमिरे यसअघिको संसदीय निर्वाचन रुपन्देही क्षेत्र नम्बर ५ बाट जितेका थिए । अहिले गृहनगर्रे रुपन्देही–३ बाट उम्मेदवार बनेका उनी राप्रपाका गौरव बोहोरा, नेपाली कांग्रेसका सुशील गुरुङ, रास्वपाका डा. लेखजंग थापा लगायतसँग चुनावी मैदानमा छन् ।