काठमाडौं, माघ १३ । आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह श्रम तथा संस्कृति पार्टीका उम्दवार हर्क साम्पाङसहित ३ जनाभन्दा बढी उम्मेदरवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता बर्खिलाप हुने गरी प्रचारप्रसार गरेको र एक–अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको उजुरी परेको आयोगले जनाएको छ। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ।
बालेनको ’भिजुअल’ पोस्ट र अन्यको उत्तेजक अभिव्यक्तिले चुनावी निष्पक्षतामा असर पारेको आयोगको ठहर छ। जवाफ चित्तबुझ्दो नभए निर्वाचन ऐन अनुसार कारबाही हुने आयोगले चेतावनी दिइएको छ।
निर्वाचन आयोगको आचारसंहिता हेर्ने शाखा स्रोतका अनुसार आज मंगलबार ३ जनाभन्दा बढीलाई आचारसंहिता उल्लंघन गरेकोमा पत्र कटिएको छ।
’अहिले सबैतिरबाट सूचना संकलन गर्ने काम भइरहेको छ। केही समयपछि सबै विवरण आउँछ’, आयोगकी सहायक प्रवक्ता सीता पुनले नेपालखबरसँग भनिन्