जेसीआई सिद्धार्थ, नेपालकाे अध्यक्षमा शार्दुल

खबर नागरिक

जेसीआई सिद्धार्थ, नेपाल सिद्धार्थनगर, रुपन्देहीको ५० औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले शार्दुल मयुर कसौधनको अध्यक्षतामा वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त ओम कुमार श्रेष्ठका अनुसार संस्थाको कार्यकारिणी उपाध्यक्षमा शम्भु नेपाल, हिम बहादुर खत्री क्षेत्री, उपाध्यक्षमा रेमण्ड विश्वकर्मा, रवि थपलिया, संजोग थापा र झक बहादुर गुरुङ राजु निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्देशकमा अभिषेक रावल, अनुज खत्री, सन्दीप अग्रहरी र राहुल गुप्ता निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य दीपेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

साधारण सभा तथा अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुँदै थापाले जेसीजमा आफूले समाज रुपान्तरणका लागि केही गर्न चाहने व्यक्तिहरुको आबद्धता रहेको पाएको बताउनुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकाको बृह्तर विकासका लागि जेसीआई सिद्धार्थको धारणा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराई, जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवर, पूर्वअध्यक्ष ओम कुमार श्रेष्ठ, सुदर्शन प्रसाद नेपाल, निवर्तमान अध्यक्ष दीपक काफ्ले, संस्थाका मानार्थ सदस्य डा।गोविन्दवल्लभ भट्ट, कानूनी सल्लाहकार ओजश शर्मा, महासचिव तथा अधिवेशन निर्देशक आकाश पौडेल, जेसीआई सिद्धार्थ लेडी, नेपालको अध्यक्ष प्रतिमा तिमिल्सना भण्डारी लगायतले जेसीजले व्यक्तित्व 

प्रतिक्रिया