भैरहवा । रुपन्देहीको कंचन निवासी १७ वर्षिय ईशान शर्माको मृत्युप्रकरणले स्थानीय आक्रोसित बनेका छन । जिल्ला प्रहरी कार्यालयले मृत्युको कारण सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै त्यस विरुद्ध स्थानीयले आक्रोश पोख्दै बिहीबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन । प्रहरीद्वारा सार्वजनिक गरिएको प्रतिवेदन विरुद्ध पिडितका आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत दवाव स्वरुप प्रदर्शन गरे ।
मृतक ईशान शर्माका आफन्त, छिमेकी, छिमेकी र स्थानीयहरु ईशानको घरमा जम्मा भई ईलाका प्रहरी कार्यालय रुद्रपुर हुदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर ईशानको घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दवाव दिन जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा धर्ना सहित नारावाजी गरे ।
प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनीधि र पिडितका आफन्तहरुको उपस्थितिमा ईशानको कुनै हत्याबाट नभई लु २ ख ४९४८ नम्वरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । ईशान शर्माको मृत्युबारे जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्की र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको संयुक्त कमाण्डमा अनुसन्धान भइरहेको छ ।
तर उक्त प्रतिवेदन प्रति असहमती जनाउदै मृतक शर्माको आमा रमा शर्मा, बुवा अर्जुन शर्मा, ठूलो बुवा पुष्पराज शर्मा र दिदि सारिका, स्नेह शर्मा लगायत आफन्त र स्थानीयहरुले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या भएको र वास्तविक दोषीलाई उन्मुक्ती दिन दमी दोषी खडा गरिएको भन्दै असहमती जनाएका छन ।
पुस २ गते देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान दुई दिन पछि असोज ३ गते घर नजिकैको नालीको ढक्कन मुनी टाउको पछाडी गम्भिर चोट सहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए ।
मृतक शर्माका बुवा अर्जुन शर्मा र आमा रमा शर्माले छोरा इशान शर्माको हत्या प्रकरणलाई सडक दुर्घटना बनाउने प्रयास भयो यो कुनैपनि हालतमा मान्य छैन भन्दै असहमती जनाए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगेका पिडितका आफन्तहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रुरुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सूरज कार्कीले अनसुन्धानको क्रममा तीनजनालाई नियन्त्रणमा लिइ निजहरुमाथी अनुन्धान भइरहेको र अझै अन्तिम निष्कर्षमा नपुगिसकेको बताउदै अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।
मृतक शर्माका ठूलो बुवा पुष्पराज शर्माले भने वास्तविक दोषी पत्ता नलगाएम्म छोराको शव नबुझ्ने तर अनुसन्धानका लागि प्रहरी प्रशासनलाई अन्तिम समयम्माथ दिइने समेत प्रतिवद्धता जनाए ।