गौतमबुद्ध सामुदायिक अस्पतालको १३ औं स्थापना दिवस

खबर नागरिक

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन सरकार समुदाय र निजि क्षेत्रका बिचमा सहकार्य र समन्वय जरुरी भएको बताएका छन। 

बुटवलमा  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्छ त्यसका लागि समुदाय सरकार र निजी क्षेत्रको समेत उत्तिकै भुमिकाहुने उनले भने। 

सारुले स्वास्थ्य सेवा गुणस्तरिय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरिय सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे। त्यस्तै मन्त्री सारुले रुपन्देही हेल्थ टुरिजमको रुपमा गुल्जार समेत हुंदै गएको बताए। 

रुपन्देहीमा रहेका स्वास्थ्य संस्थाहरुले दिने सेवा प्रभावकै कारण धेरै जनताले लाभ लिएको बताउंदै रुपन्देही अब स्वास्थ्य पर्यटनको रुपमा विकासित हुदै गएको र त्यसका लागि प्रदेश सरकारले आवश्यक भुमिका निर्वाह गर्ने बताए।

सारुले बुटवलमा निर्माणधिन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य यस बर्ष ४५ प्रतिशत पुग्ने बताउंदै प्रादेशिक अस्पतालमा सुरु हुने विशिष्टकृत गुणस्तरिय सेवाले रुपन्देही स्वास्थ्यको हव बन्ने दावी गरे। 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि बजेट नदिदा स्वास्थ्य क्षेत्रमा परिणामुखी उपलब्धी हासिल हुन नसकेको बताए।

त्यस्तै पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यले लगानी गर्नुपर्ने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवल भित्रै खोजि हुनुपर्ने बताउंदै अस्पताललाई बुटवल बाहिर जान नदिने आफुहरुको चाहना रहेको बताए। 

कार्यक्रममा उपमहागनरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा।लिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगाएतले सरकारले आफुले ब्यवस्थीत ढंगले स्वास्थ्य सेवा दिन नसक्ने तर समुदाय र निजी क्षेत्रले सञ्चालन गरेका संस्थाहरुलाई प्रोत्साहन दिनुको सट्टा हैरानी दिने गरेको भन्दै चिन्ता ब्यक्त गरे। 

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष एजाज आलमले यस अस्पतालले स्थापनाको १२ बर्षमा ४ लाख १६ हजारले ओपिडिबाट सेवा लिएको बताए। उनले अस्पतालको भवन निर्माणका लागि पहल गरिरहेपनि सार्थक बन्न नसकेको बताए। 

अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपिन र मानिसको लापरबाहीले मुटुका रोगीहरु बढ्दै भन्दै नियमित चेकजांज गर्न सवैलाई आग्रह गरे। 

कार्यक्रममा दशक सम्मानबाट मोहन बेल्बासे र दिपक कुमारी चौधरी थारुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। त्यस्तै निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दिपक शर्मा, विष्णु बहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र प्रमाण सहित सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव बावुराम बोहोराले गरेका थिए।

प्रतिक्रिया