भैरहवा । रन बहादुर सारु विगत २५ वर्ष देखि पञ्चकन्या ग्रुपमा कार्यरत छन । हाल इलेक्ट्रीसिएनको रुपमा कार्यरत उनी अहिले खाली बस्नु परेको छ । उद्योगमा लाइन काटेपछि बन्द भएको उद्योग कहिले चल्छ भन्ने आसमा उनी विगत एक साता देखि छन । गएको शुक्रबारदेखि बन्द भएको उद्योगमा कहिले लाइन जोडिन्छ थाहा छैन । काम गरेर परिवार पाल्दै आएको सारुको जििवका कम्पनिबाट चलेपनि कम्पनि नै बन्द भएपछि कसरी जिविकोपार्जन हुन्छ भन्ने चिन्ता छाएको छ । ‘विदेश जानका उमेरले दिदैन परिवार पाल्नका लागि भएपनि यही रोजगार गर्दै आएको छु । अहिले त्यो रोजगार पनि गुम्ने खतरामा रहेको उनी सुनाउछन । ’ ‘कम्पनिले हामीलाई बसालेर ज्याला दिदैन, ज्याला दिनका लागि कम्पनि चल्नु पर्छ सरकारले कसरी हुन्छ हाम्रो रोजगार जोगाउनु पर्छ ।’ उनले भने
अर्का कामदार सुमन चौधरी थारुको पिडा पनि उस्तै छ । ६ जनाको परिवार पाल्दै आएका थारुको सहारा उद्योगमा काम गरेर हातमुख जोड्नु हो । अहिले काम नभएर घर बसेका उनी कहिले सम्म यस्तै बस्ने ठेगान नभएको बताए । अलि अलि कमाएर राखेको त्यही खाइरहेका छौ लाइन छिटो जोडिए हामी रोजगारीमा फर्कने बताए । लाइन नभएर उद्योगमा काम नै छैन, उद्योगबाटै जिवन गुजारा भएको छ नचलेपछि अब हामीले कसरी पेट पाल्ने उनी सुनाउछन ।
यस्तै एक कम्पनिमा काम गर्दे आएकी सरस्वती भट्टराईले पनि उद्योगको लाइन विधुत प्राधिकरणले काटेपछि रोजगारी नै गुम्ने अवस्थामा पुगेको बताइन । कम्पनिमै काम गरेर छोरालाई जसो तसो विदेश पठाएको छु , आफुले परिवार पाल्नका लागि कम्पनिमा काम गरिरहदा उद्योगको लाइन काटिएपछि कम्पनि आउने र जाने काम मात्रै भएको बताइन । उनले एक सातादेखि कम्पनि आउने सरसफाई गर्ने र जाने बाहेकको केही काम नभएकोले अव यसरी जिवन धान्न पनि गा्रहो हुने बताइन । सरकारले कसरी हुन्छ छिटो भन्दा छिटो विधुत जडान गरि हामीलाई काम गर्ने वातावरण बनाउनु पर्छ ।
यि कर्मचारीहरु त मात्र उदाहरण हुन । रुपन्देहीका १३ वटा उद्योगका सयौ कर्मचारीको अवस्था अहिले यस्तै छ । तिहार लगतै डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरी थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगका विधुत काटेपछि उद्योगहरु बन्द भएका छन । रुपन्देहीका २३ उद्योग रहेपनि केहीले किस्ता र शुल्क तिरेपछि संञ्चालनमा छ भने १३ वटा उद्योगको लाइन काटिएपछि बन्द छ । उद्योग बन्द भएपछि त्यहा काम गर्ने १० हजार कर्मचारी र मजदुर पिडामा छन । श्रमिकहरु कामविहिन भएपछि उनीहरुको परिवार कसरी चल्ने भन्ने पिडा उनीहरुमा छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम २ अर्ब बढि रुपैया रुपन्देहीका उद्योगले बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुली काटेको थियो । बक्यौता नतिरेसम्म लाइन जडान नगर्ने अडानमा प्राधिकरण छ भने विद्युत् उपयोग गरेको प्रमाण प्राधिकरणले नदिएसम्म बक्यौता नतिर्ने उद्योगीहरूको अडान छ । दुई पक्षको अडानको मारमा श्रमिक परेका छन । बिजुली काटिएकामध्ये घराना फुड्स र गोयन्का फुड्सले किस्ता सुविधा लिएसँगै ती उद्योगमा विद्युत् जडान भएको छ । बाँकी उद्योगको बिजुली काटिएपछि बैकल्पिक व्यवस्था जेनेरेटरबाट आन्तरिक काम चलाएका छन ।
पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले उद्योगभित्रै क्वार्टरमा बस्ने २ सय बढि परिवारलाई जेनेरेटर चलाएर खानेपानी र बिजुली प्रदान गरिरहेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । हामीले मेसिन नचलाएपनि कर्मचारीलाई विदा गरेका छैनौ, वर्ष दिनदेखि काम गरिरहेको कर्मचारीलाई एक्कासी निकाल्न मिल्दैन । विधुत नियमन आयोगमा उजुरी दिएका छौ । निर्णयको पर्खाईमा रहेकोले मान्न योग्य निर्णय भए स्वीकार गर्ने नभए अदालत जाने मनिस्थिती उद्योगले बनाएको छ । तत्कालका लागि विरोध स्वरुप पैसा बुझाएर भएपनि उद्योग सञ्चालन गरी कर्मचारीलाई रोजागारमा जोडने महाप्रबन्धक साहुले भने ।
रूपन्देहीकै एसआर स्टिल र एसआर फुड्सको पनि विधुत काटिएको छ । कम्पनिका प्रबन्ध निर्देशक सुमन भु्सालले सोमबार सम्म सबै र्कचारीलाई तलबी विदा दिएको बताए । विधुत जडान नभए सोमबारदेखि कर्मचारीलाई बेतलबी विदा दिइने योजनामा छौ । हामीले माग्दै नमागेको ट्रंकलाइनसँग जोडेर गलत सन्देश सबैमा दिदैछ । विद्युत् अतिरिक्त उपभोग गरेको प्रमाण प्राधिकरणले दिए भनेको बक्यौता तिर्न पनि तयार रहेको प्रबन्ध निर्देशक भुसालले बताए ।
विधुत काटिदा उद्योगका कार्यालय र कामदारको भवन पनि अन्धकार छन । लाइन काटे पछि उद्योगका कर्मचारी र मजदुर उपस्थित हुने जाने काम भएको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएका कम्पनि बन्द हुदा कामदार बिचल्लीमा परेका छन ।
तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा २१ वैशाख २०८२ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ५ प्रतिशत धरौटी राखेर एक महिनाभित्र पुनरावेदनमा आउन उद्योगीलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । प्राधिकरणले गत १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरेको सूचना सार्वजनिक ग¥यो ।
सरकारलाई ५ प्रतिशत धरौटी राखेर बक्यौता रकम बिस्तारै तिर्ने सहमति भए पनि एकाएक ऊर्जामन्त्री कुलमान घिसिङले सरकारको निर्णय उल्टाएको उद्योगीको गुनासो छ ।
शुक्रबार पञ्चकन्या स्टील, पञ्चकन्या प्लास्टिक, गोयन्का फुड्स, घराना फुड्स, श्याम प्लास्टिक , भलवारी स्वचलित चामल कारखाना, एस आर फुड्स, सिद्धार्थ पेट प्लास्ट,एस आर स्टील, एभरेष्ट रोलिङ्ग, जगदम्बा सेन्थेटिक, अर्घाखाँची सिमेन्ट र विशाल सिमेन्टको विधुत काटेको थियो ।