भैरहवा, २ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि रुपन्देहीकाे सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
भैरहवामा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना भएकाे हाे । निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिरमा गरिएको छ ।
रुपन्देहीको क्षेत्र नम्बर १ देवदह नगरपालिकाको बहुउद्देश्यीय भवन, शितलनगरमा रहेको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा कपिल पौड्याल खटिएका छन्। क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा राजेन्द्र न्यौपाने खटिएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिरमा स्थापना गरिएको छ। यहा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत खटिएका छन्।
क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका मझगाँवामा राखिएको छ। यहाँ निर्वाचन अधिकृतको रूपमा टोपबहादुर विष्ट खटिएका छन्। क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन अधिकृतको रूपमा गोपीकृष्ण रेग्मीलाई जिम्मेवारी दिइएको छ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई राजनीतिक दलहरूको उत्सवको रूपमा चित्रण गर्दै उनले स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि आयोग र राज्यका सबै संयन्त्रहरू लागिपरेको जानकारी दिए।उनले विषम परिस्थितिका कारण यो निर्वाचन तुरुन्तै सम्पन्न गर्नुपर्ने अवस्था आएको बताए । निर्वाचनलाई राजनीतिक दलहरूको उत्सवको रूपमा चित्रण गर्दै उनले स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि आयोग र राज्यका सबै संयन्त्रहरू लागिपरेको जानकारी दिए ।
जिल्लामा २०९ वटा मतदान स्थल, ७३२ वटा मतदान केन्द्र रहेको छ । कुल मतदाता ६ लाख ७२ हजार ५२३ जना मध्ये ३ लाख २६ हजार ३११ जना महिला र ३ लाख ४६ हजार २०३ जना पुरुष र ९ जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए ।
बस्नेतले फागुन महिनाका लागि तय गरिएको मुख्य कार्यतालिका समेत सार्वजनिक गरेका छन् । जस अनुसार फागुन ६ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ, फागुन ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय, फागुन ८ गते उजुरी उपर जाँचबुझ र बेलुका ७ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
फागुन ९ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिने कार्यक्रम रहेको बस्नेतले बताए । फागुन २१ गते मतदान कार्य सम्पन्न हुनेछ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको बताए ।
उम्मेदवार, कर्मचारी र मतदाताको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा अङ्गहरु सूक्ष्म रूपमा खटिएको उनले जानकारी दिए । साथै, निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउन र आचारसंहिताको पूर्ण पालना गर्न उनले राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मुलरुपमा उम्मेदवार र पार्टीको रहन्छ । निर्वाचन गराउनै पर्छ यस्को मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउदै स्वच्छ र भयरहित निर्वाचन गराउन निर्वाचन कार्यालयले सहयोगको अपेक्षा गरेको जिल्ला निर्वाचन अधिकारी कल्पान अर्यालले बताइन । स्थापित यी कार्यालयबाट जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय हुन्छ । सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको निर्वाचन अधिकारी अर्यालले भनिन ।
देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी प्रदिप बहादुर क्षेत्री, सशस्त्र प्रहरीका एसपी मेख राज जोशी, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यालय उद्घाटन सँगै निर्वाचन अभियान सुरु भएको छ ।