अहिलेको वातावरणमा चुनाव हुदैन : पूर्व गृहमन्त्री अधिकारी

खबर नागरिक

भैरहवा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले अहिलेको वातावरणमा चुनाव नहुने बताएका छन । 

मंगलबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकारीले फागुन २१ गते निर्वाचन नै नहुने भएकोले सहभागीताको प्रश्न नै नहुने बताए । 

पूर्व स्वास्थ्य मन्त्री एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले ‘हजारौँ अपराधी फरार छन, सुरक्षाकर्मीकै पोसाक, हातहतियार लुटिएका छन । यस्तो अवस्थामा मतदान केन्द्रको  प्रहरी प्रशासन सही हो कि गलत छुटयाउन कठिन भएको बताए । यस्तो अवस्थामा कसरी चुनाव सम्भव छ ।’

अहिलेको सरकारको मनसाय नै चुनाव नगराउने पक्षमा छ ।  चुनाव नहुने कुरामा चुनावको तयारी गर, तयारीमा जाउ भनेर जनतालाई हामीले किन भ्रममा पार्ने भन्दै प्रश्न समेत गरे । ‘अहिले हामी संविधान घाइते भएको अवस्थामा छौ । संविधान बचाउन अन्तिम प्रयत्न केपी ओलीले गरेको दाबी गर्दै अहिलेको प्रधानमन्त्री असम्वैधानिक हुन नेपालको संविधानले चिन्दैन, विघटन गर्नेलाई समेत सबिधानले नचिन्ने बताए ।’

‘नवपुस्ताहरुलाइै समेत सरकारमा सामेल गर्ने, संविधान संशोधन गरेर सर्वपक्षिय सरकार बनाएर तोकिएको मितिमा चुनाव गर्न सकिन्थ्यो । अहिलेको वातावरण मा हुदैन ।’ 

हाम्रो देश भु राजनितीको प्रभाव, अन्तराष्ट्रिय शक्तिहरुको प्रभाव विभिन्न कोणबाट परिरहेको बताउदै यो देशलाई अन्तराष्ट्रिय शक्ति केन्द्रको खेलमैदान बन्न नदिनका लागि संसदको पुर्नस्थापना गरेर, सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्ने नवपुस्ताको मागलाई विश्वासिलो आयोगबाट समाधान गरी परिस्थती अनुकुल बनाउन सकिन्थ्यो । 

नेता अधिकारीले नेकपा (एमाले) को ११ औं महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले सबैको आंकाक्षा र इच्छाहरु सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढंगले सबैलाई ‘सरप्राईज’ दिने गरी महाधिवेशन सम्पन्न हुने दावी गरे । अरु दलले एमालेमा विग्रह हुन्छ भन्ने चासो राखेका छन त्यो पुरा हुदैन महाधिवेश सही तरिकाले सम्पन्न हुन्छ । 


प्रतिक्रिया