भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आशुतोष मिश्रले मर्चवारले ठूलो कुरा होइन आधारभूत आवश्यकताको कुरा मात्रै खोजेको बताएका छन । केही विकास र कृषि, शिक्षा, स्वास्थ्य नै यहाँको आवश्यकता हो जसलाई वर्षौ देखि नेताहरु पूर्णता दिन सकेका छैनन त्यसलाई पहिलो प्राथमिकतामा राख्दै अगाडि बढ्ने बताए ।
निर्वाचन प्रचारप्रसारमा रहेका मिश्राले देशप्रतिको स्पष्ट योजना र आफूले प्रस्तुत गरेको क्षेत्रगत भिजनका कारण जनविश्वास दिनप्रतिदिन बढ्दै गएको बताउदै यहाँको विकासका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी सडक, शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको विकासका लागि केन्द्र्रिय रुपमा नयााँ कांग्रेसले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेको छ त्यसलाई यहाँ पनि उतारिन्छ ।
उनले नेपालको मुख्य उद्योग नै कृषि भएको ठहर गर्दै ’एग्री–भ्यालु चेन’मा जोड दिने बताएका छन । मलखादको नियमित आपूर्ति, उत्पादन वृद्धि र व्यवसायिक खेती जस्ता क्षेत्रलाई प्रवद्र्धन गरिने योजना प्राथमिकतामा रहने मिश्रको भनाई छ ।
“मतदाताहरू अब खोक्रा आश्वासन होइन, काम गरेर देखाउने नेतृत्व खोजिरहेका छन्,” उनले भने । मर्चवार क्षेत्रमा अहिलेसम्म दीर्घकालीन सोच र स्पष्ट भिजन भएको नेतृत्व निर्वाचित हुन नसकेको उल्लेख गर्दै मिश्रले आफू निर्वाचित भए मर्चवारको मुहार फेर्ने ठोस योजना रहेको दाबी गरे “म धेरै लालच दिने आश्वासन बाँड्दिनँ, काम गरेर देखाउँछु,” उनले भने “मर्चवारवासीलाई भाषण होइन, परिणाम चाहिएको छ, जुन नेपाली कांग्रेसले मात्र दिन सक्छ।”
विशेषगरी, आगामी वर्षदेखि कुनै पनि किसानले मलको अभाव झेल्नु नपर्ने गरी केन्द्रीय तहबाटै ठोस व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे । यसका साथै मायादेवी क्षेत्र तथा स्थानीय पालिकाहरूमा पर्यटन विकासका लागि पोखरी व्यवस्थापन र सिँचाइ पूर्वाधार सुधारलाई उच्च महत्व दिइने उनले भने । अलपत्र परेका पुराना सडक र सिँचाइ आयोजनाहरूलाई पूर्णता दिँदै दिगो पूर्वाधार निर्माणमा जोड दिने नीति रहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रको दुरावस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले “विद्यालयमा शिक्षकको अभाव र स्वास्थ्य केन्द्रहरूको जीर्ण अवस्थालाई शीघ्र सुधार गरिने बताउदै । हामी लोकप्रियताका लागि वितरणमुखी कार्यक्रमभन्दा पनि ठोस नतिजामुखी योजनालाई प्राथमिकता दिनेछौँ । ’’
साथै, कानुन र ऐनमा परिमार्जन गरी समाजमा व्याप्त शोषण नियन्त्रण गर्ने र आम नागरिकको न्यायिक पहुँचलाई मजबुत बनाउने बहुचरणीय कार्ययोजना छ । युवा बेरोजगारी अन्त्यका लागि निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिकीकरण र स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गरिने , कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै यी जनमुखी निर्णयहरू कार्यान्वयन गर्ने दाबी गरेको छ ।
उनले नेपाली कांग्रेस वर्तमान राजनीतिक अवस्थामा केवल एउटा विकल्प मात्र नभई सबैभन्दा ’प्रभावकारी विकल्प’ भएको दाबी गर्दै मतदाताहरूलाई मतदान गर्न अपिल गरे ।