लोसपा नेपाल सिद्धार्थनगरको अध्यक्षमा वसिर

खबर नागरिक

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको सिद्धार्थनगर नगरकार्यसमिति पुर्नगठनबाट बसिर मोहम्मद मुसलमानको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । 

भैरहवामा भएको सिद्धार्थनगर नगरपालिका नगर कार्यसमिति पुनर्गठनबाट उपाध्यक्षमा सन्तोष वर्मा, मनिषा हरिजन र गणेश यादव रहेका छन् । सचिवमा सुनिल पाण्डे र मनोज यादव चयन भएका छन् । सह–सचिवमा गौतम हरिजन र सुनिल वर्मा तथा कोषाध्यक्षमा अजय वर्मालाई सर्वसम्मत चयन गरिएको छ । 

यस्तै सदस्यहरुमा अनिश समानी, दिलीप कोहार, ओमकार मौर्य, हरि प्रसाद मुराउ, रामप्रसाद गुप्ता, जमुना पाइजा, रजत कुमार बनियाँ, सुरज हलुवाई, सुदामा थारु, राजन कोहार, उमाशंकर धरिकार, पप्पु हलुवाई, वसिम खान, प्रेम कुमार शर्मा मनिसा कोहार, मोहम्मद इद्रिस, संत प्रसाद कुर्मी, बेचन चाई, निरज हरिजन, सुरज यादव  सदस्य छन् । 

पुनर्गठन कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेले नेतृत्वमा जान सबैले खोज्ने गरेको बताउदै लक्ष्य तय गरेर अगाडि बढ्न आग्रह गरे । उनले  हिन्दुजम, बुद्धिजम र टुरिजमले देशको आर्थिक समृद्धि हुने बताउदै सन्तुष्ट हुनु नै सफलता रहेको राष्ट्रलाई विकास गर्ने अवसर युवाले पाएको बताउदै युवाले सक्छ भन्ने आटका साथ अगाडि बढ्न आग्रह गरे । उनले युवापुस्ताको सक्रिय सहभागिताका लागि कमिटी पुनर्गठन गरिएको बताए ।

जिल्ला अध्यक्ष रवि रौनियार लगायतले बोल्दै सरकारले देशमा भ्रष्टाचार, कुशासन र विकास विरोधीलाई किनारा लगाउने काम युवाहरुको काधमा रहेको बताए । जिल्लाका १६ वटै पािलकामा आवश्यकता अनुसार अधिवेशन र पुनर्गठन गरिरहेको बताउदै नयाँ कमिटिमा मिश्रित अवस्थामा युवाहरुमा उपस्थिती हुने बताए । उनले लोसपाको नेतामाथि भ्रष्टाचारको आरोप नभएको दाबी गर्दै जिल्लामा भ्रष्टाचार विरोधी अभियान सुरु गरिएकोे बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय नेता सन्दिप त्रिपाठी, श्री निवास यादव , प्रदेश सभा सदस्य हेमा बेल्वासे लगायतले पार्टीले के दियो भन्दा पनि पार्टीलाई हामीले के दियौं भन्ने भावनाको विकास हुनुपर्ने, अधिकारको लागि सबै उकजुट भएर लड्नु पर्ने, युवा वर्गलाई जोडेर भएको पुनर्गठनले घर, राष्ट्र समाज र देश बनाउन सकिने बताए । उनीहरुले परिवर्तनका लागि देश जल्नु, सहिद हुनु दुखद रहेको बताउदै शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने, चुस्त दुरुस्त समिति बनाउने र नगरपालिको गतिविधिमा सरिक हुने बताए । आन्दोलन मात्रै गर्ने हो देश कहिले बनाउने प्रश्न गरे । स्थायित्व सरकार देशको लागि आवश्यक रहेको बताए । 


प्रतिक्रिया