भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवाबाट प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको अवैध मकै र ढुवानीमा प्रयोग गरिएका गाडी नियन्त्रणमा लिएकाे छ। सामान सहित साे मा संल्गन एकजनालाई नियन्त्रणमा लिएको हाे।
बरामद गरिएको ६० क्विन्टल मकै, लु १ ज ४६१० र लु १ ज २९२५ नम्बरको बलेरो गाडीसहित मायादेवी गाउँपालिका वडा नं. ७ बस्ने ३३ वर्षीय दिलिप यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिए ।
बरामद गरिएको सामान र गाडीको कुल बजार मूल्य एकाइस लाख ५० हजार० रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका यादव र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको अवैध पाइएपछि उक्त परिमाणको मकै र ढुवानीमा प्रयोग गरिएका गाडी नियन्त्रणमा लिएकाे हाे ।