आज पनि ‘तातो दिन’ हुने

खबर नागरिक

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। यतिबेला बुधबार बिहान हिमाली भेगको आकाशमा साधारणतया तथा कोसी प्रदेशको पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भेग तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल  लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोसी ‍प्रदेशका हिमाली र पहाडी भूभागसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ। अनि मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

मौसम महाशाखाका अनुसार आज राति कोसी ‍प्रदेशका हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ। 

प्रतिक्रिया