रुपन्देही–३ मा जसपा उम्मेदवार यादवको उम्मेदवारी निष्कृय, एमालेमा प्रवेश

खबर नागरिक

भैरहवा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार श्रीनिवास यादवले आफ्नो उम्मेदवारी निष्कृय गरी (एमाले) मा प्रवेश गरेका छन्।

सोमबार यादवले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक चुनौती र मतदाताको अपेक्षालाई ध्यानमा राख्दै स्थायित्वका लागि आफूले कदम चालेको उल्लेख गरेका छन्। उनको यो निर्णयले निर्वाचन क्षेत्रको शक्ति सन्तुलनमा प्रभाव पार्ने आकलन गरिएको छ।

यादवले जसपाको साधारण सदस्य पदबाट समेत राजीनामा दिएको जानकारी दिँदै आफ्ना समर्थक तथा मतदातालाई एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गरेका छन्। साथै उनले रुपन्देही–३ का एमाले उम्मेदवार बसुदेव घिमिरेलाई अत्यधिक मतका साथ विजयी गराउन पनि अपिल गरेका छन्।

प्रतिक्रिया