भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यमा सुनिल लम्साल विजयी भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका लम्साल ५४ हजार ८ सय ४५ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट नेकपा एमालेका छविलाल विश्वकर्मा निर्वाचित भएका थिए ।
२० जना दलिय र ११ जना स्वतन्त्र गरि कुल ३१ जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ बाट लम्साल ४२ हजार ८ सय ६३ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा बहादुर केसीले ११ हजार ९ सय ८२ मत ल्याएका छन भने तेस्रो स्थानमा राप्रपाका प्रज्वल बोहरा ८ हजार ३ सय १ मत ल्याएका छन ।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेकोमा ९७ हजार १ सय १८ जनाले मताधिकार प्रयोग गरेका थिए ।
प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिक तर्फको मतगण्ना सुरु हुनेछ ।
३५ वर्षीय लम्साल रास्वपाका महामन्त्री समेत हुन् । राजनीतिमा आउनुअघि उनी व्यवस्थापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील थिए । उनले रास्वपाको ’नयाँ विकल्प’ को नारालाई रूपन्देहीको स्थानीय विकास र सुशासनसँग जोडेर मतदातामाझ प्रस्तुत गरेका थिए। आफ्नो चुनावी अभियानमा भ्रष्टाचारको अन्त्य, शिक्षा र स्वास्थ्यमा सुधार तथा युवा स्वरोजगारलाई मुख्य एजेन्डा बनाएका थिए। इन्जिनियरिङ पृष्ठभूमिका लम्साल निर्वाचन अघिसम्म काठमाडौं महानगरपालिकाका तत्कालीन नगरप्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत थिए ।