सातौै लुम्बिनी महोत्सव भैरहवामा मंसिर ३ देखि

खबर नागरिक

भैरहवा । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा सातौ लुम्बिनी महोत्सव आगामी मंसिर ३ गतेबाट हुने भएको छ । 

 “स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौ स्वाभिमानी नेपालीको पहिचान बनाऔं । ’’भन्ने मूल नाराका साथ २०६६ सालबाट संगठनले महोत्सव आयोजना गर्दै आएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको छ ।

२०६३ सालमा संगठनले उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको कार्य अगाडि बढाउँदै उद्योग, पर्यटन तथा कृषि सम्बन्धी नीति तथा कानुन निर्माणमा सरसल्लाह दिने रुपन्देही जिल्लामा संगठनले उद्योग, व्यापार कृषि र पर्यटनको प्रवर्द्धन का लागि पर्यटन महोत्सव, औद्योगिक मेला, सडकखाना महोत्सव, गोष्ठी, अन्तर्क्रिरया व्यापारमा सहजीकरण लगायतका काम गर्दे आएको छ । विगतका सफलतालाई आत्मसाथ  गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी मंसिर ३ गते  देखि २१ गते सम्म महोत्सव आयोजना गर्न लागेको अध्यक्ष सचिन रोक्काले जानकारी दिए । 

२०६६ सालमा प्रथम महोत्सवबाट सुरुवात गरी २०८२ मा आइपुग्दासम्म सातौं लुम्बिनी महोत्सव आयोजना गर्न लागिएको उनले भने । मेलाको मुख्य विशेषता नै विगत भन्दा गुणस्तरीय मेला आयोजना गर्नु हो । दर्शकलाई खुशी बनाउने मेलाको रुपमा रहने यो मेलामा फिस टनेल, जलपरि, आइफिल टावरको आकृति मुख्य आकर्षणको रुपमा रहने छ ।  

विश्वशान्तिका अग्रद्भुत भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवामा लाग्ने महोत्सव कृषि, पर्यटन, उद्योग, व्यापार एवम् प्रविधिको बृहत् प्रदर्शनी सहित आन्तरिक र समिावर्ति पर्यटकमा केन्द्रित रहने छ  । मेलामा कृषी, उद्योग, ब्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, होटल, रेष्टुरेृन्ट, बिद्युतिय सामग्री, छाला जुत्ता, लगायतका २ सय ५० स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

मेलाको माध्यमबाट स्थानिय ब्राण्ड तथा पर्यटन स्थलहरुको प्रवद्र्धन, उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार गराउन अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनी हुने भएकाले सबैका अबसरको रुप हुने संघले जानकरी दिएको छ । 

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरूप प्रर्वद्धन गर्ने,  लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटन रुपमा विकास गर्ने , उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पुयाउने, सूचना प्रविधिमा पहुँच पुयाउने र विकास र विस्तारमा सहयोग पुयाउने, स्थानीय स्तरमा उत्पादित बस्तु तथा हस्तकला सामाग्रीको बजार विस्तार र प्रबन्ध मिलाउन उद्धेश्यले महोत्सव आयोजनागर्न लागिएको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन ।

महोत्सव सफल बनाउनका लागि संगठनका अध्यक्षको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न ३५ वटा उपसमिति, २५ सदस्यीय विशेष सलहकार समिति र १५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । भैरहवामा स्थायी मण्डप नहुदा विगत केही वर्ष देखि निजी व्यक्तिको जग्गा सिद्धार्थनगर ८ अञ्चलपुरमा लाग्दै आएको स्थलमा नै महोत्सव हुनेछ । महोत्सवमा ३ लाख ५० हजार बढिले अवलोकन गर्ने र १ करोड ३२ लाख अनुमानित लागत लाग्ने अपेक्षा आयोजकले गरेको छ । 


प्रतिक्रिया