आफान्तकै संलगनतामा धेरै मानव बेचविखनका घटना, रुपन्देहीबाट २०१ जनाको उद्वार

खबर नागरिक

भैरहवा । महिला तथा बालबालिकाको बेचविखनमा अधिकांस आफन्तकै संलगनता रहेको पाइने गरेको छ । चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउने र पुनस्र्थापनाका क्षेत्रमा काम गर्दै आएको माइती नेपालले मनाव वेचिविखनको घटना केलाउदा सबै भन्दा पहिला पिडितको परिवार,आफन्त र चिनेजानेका व्यक्तिकै माध्यमबाट हुने गरेको पाइएको जनाएको छ । 

अहिले समाजमा यी घटना पनि नया नयाँ शैलीले हुन जस्का लागि उद्वार गर्न चुनौतिपूर्ण हुने गरेको छ ।  समय अनुसार शैली पनि परिवर्तन हुदै गर्दा मानव बेचविखनविरुद्ध काम गर्ने निकायलाई उद्वार गर्न समस्या हुने गरेको छ ।  उद्वार भएपनि घटनामा संलगनलाई कानुनी दायरामा ल्याउन पिडित पक्षले नै इन्कार गर्ने गरेका छन । धेरै जसो नातेदारले लैजाने र पछि सम्पर्कमा पनि नहुने भएकोले कानुनी कारवाहीमा चुनौती थपिएको छ । पिडितहरुको अनुसन्धान गर्दा सुरुमै आफ्नै मान्छे पर्ने भएकोले मुद्धा मामिलामा जान नखोज्ने धेरै घटनाहरु रहेको माइती नेपाल, रुपन्देही कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन ।

माइती नेपालले जनचेतना अभाव, लैगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरिती, रोजगारीको अभाव, बसाई सराई र अवैध ओसारपसार, समन्वय र सहकार्य, कानुनको कार्यान्वयनय नहुनु, नेपालका विभिन्न भागहरुबाट धेरै महिलाहरु भारतिय नाका हुदै खाडी मुलुक तर्फ जाने प्रवृती बढदो हुनुले मानव बेचविखन, ओसारपसार र हिंसाको घटना हुने गरेको कार्यालयको तथ्याङक छ । 

चेलिबेटी बेचबिखनलाई अन्त्य गर्ने अठोटका साथ २०४९ मा स्थापित माइती नेपालले रुपन्देहीबाट निरन्तर बेचिने खतारामा रहेका चेलीहरुलाई जनचेतना फैलाउने, बेचिएका चेलीहरुलाई उद्धार गरेर स्वदेश फर्काउने र उनीहरुको पुनस्थापना गर्ने कार्य गरेपनि एक वर्षमा सिमानाकाबाट २०१ जनालाई उद्वार गरिएको छ ।

रुपन्देहीमा उद्वार गरिएको मध्ये अधिकांस नेपाल भारत मैत्री बसबाट फेला पर्ने गरेको पाइएको माइती नेपालको तथ्याङकमा छ । यताबाट सहजै रुपमा गनतव्यमा पुग्ने भएकोले भरियाहरुले यस्को प्रयोग बढाएको पाइएको छ । रुपन्देहीको सीमा नाका हुँदै भारत तर्फ जाने अधिकांश चेलीबेटीहरु मध्ये अधिकांश  मानव वेचविखन तथा ओसार पसारको समस्यामा १८–२५ वर्ष उमेर समुहका वढी रहेको पाइएको छ ।  उद्वार संख्यामध्ये ७२जना १८ वर्ष भन्दा मुनिका रहेका छन । 

माइती नेपाल, रुपन्देहीले वार्षिक प्रगती सार्वजनिक गर्दै चालू वर्ष सन् २०२५ मा वर्षमा भारतका विभिन्न ठाउबाट ३ जनाको उद्दार गरेको संयोजक क्षेत्रीले बताईन । सीमामा राखिएको परामर्श केन्द्रबाट १२ हजार ८ सय ९५ जनालाई परामर्श सेवा, जिल्ला प्रशासनको परामर्श केन्द्रबाट १ हजार १९ जनालाई परामर्श प्रदान गरिएको बताइन । एक वर्षमा ७ हजार ४ सय ९० थान  प्रर्चा पम्प्लेट वितरण गरिएको छ । खोजतलास सम्वन्धी २४ जनाको निवेदन परेकोमा १२ जना फेला परेका छन ।  घरेलु हिंसा सम्वन्धी १० जनाको निवेदन परेको र यस वर्ष २ हजार ७ सय ९७ वटा सार्वजनिक यातायात सेवालाई चेकजाच गरिएको उनले बताइन ।

क्षेत्रीले रुपन्देहीबाट पनि भारत जाने चेलीबेटीहरुको उल्लेख्य संख्यामा उद्दार गरिएको उनले बताइन । एक वर्षको दौरान सिमाबाट ४६ जनालाई घर फर्काइएको छ । यस अवधिमा रुपन्देहीका विभिन्न क्षेत्रका २६ जनाको उद्दार गरिएको छ । जसमा सिद्धार्थनगर नगरपालिकाका १ जना,  तिलोत्तमा नगरपालिकाका १, बुटवल उप–महानगरपालिकाका ३, सैनामैना नगरपालिका २, मर्चवारी गाउँपालिकाको १ जना, सम्मरीमाई गाउँपालिकाकाको  १, सियारी गाउँपालिकाको १ जना, रोहिणी गाउँपालिकाको ३, कञ्चन गाउँपालिकाको ३, देवदह नगरपालिकाको ४ जना, मायादेवीका ४  र गैडहवा गाउँपालिकाको  २ जनाको उद्दार गरिएको छ ।

यस्तै रुपन्देहीमा विगतको वर्ष भन्दा अहिले सिमाबाट उद्वारको घटना कम भएको देखिन्छ । २०७८ सालमा २८५ जनालाई सिमाबाट उद्वार गरिएकोमा २०७९ मा २१७ जना, २०८० मा १६७ , २०८१ मा २२१ र २०८२ को मंसिर सम्ममा ६३ जनालाई उद्वार गरिएको छ । 

उद्वार गरिएको मध्ये यस जिल्ला बाहेकको सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ मकवानपुर लगायतका क्षेत्रको र धेरै तमाङ समुदायको रहेको पाइएको छ । 

घटना न्यूनिकरणका लागि सरोकारबाला निकाय र ३ तहको सरकारले गम्भिर रुपमा लाग्न पर्ने, स्थानीय तहमा समिती निर्माण गर्नुपर्ने, जनचेतना अभिबृद्धि, कानुनलाई प्रभावकारी रुपले पालना गर्दै प्रभावकारी अनुगमन हुनुपर्छ । 


प्रतिक्रिया