अन्तर्राष्ट्रिय बजारको असर: नेपालमा सुन–चाँदी दुवैको मूल्य घट्यो

खबर नागरिक

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घट्दै सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा पुगेको मूल्य आइतबार कम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार देखिएको मूल्य कमजोर भएपछि यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि असोज ३१ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको दरमा पनि गिरावट आएको छ। अघिल्लो दिन ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार तोलामा १५० रुपैयाँ कम भई ३ हजार १३५ रुपैयाँमा झरेको छ। असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँको लेभलमा पुगेको थियो।

प्रतिक्रिया