भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन ११ गते सोमबार मर्चवारस्थित पर्सहवा बजारमा आम सभाको आयोजना गर्ने भएको छ ।
मधेसवादको एजेन्डा र उत्पीडित वर्गका अधिकारका विषयमा जनचेतना जगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सभाको प्रमुख वक्ताको रुपमा पूर्व उपप्रधानमन्त्री एवं केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रहने पार्टीका वरिष्ठ नेता सर्वेन्द्र नाथ शुक्लाले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष पाण्डे, पार्टीका शीर्ष नेतालगायतको सम्बोधन रहने सभामा मधेस र मधेसी जनताका सवालमा पार्टीको धारणा स्पष्ट पारिने, उत्पीडित वर्गका लागि विगतदेखि हालसम्म गरिएका सङ्घर्षका उपलब्धिको चर्चा, समसामयिक राजनीतिक मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा सार्वजनिक र आगामी निर्वाचनको बिषयमा केन्द्रित रहने छ ।
आयोजकले मर्चवार र आसपासका क्षेत्रका सम्पूर्ण जनसमुदायलाई यस ऐतिहासिक सभामा सहभागीताका लागि अनुरोध गरेको छ ।
February 22, 2026