सि. बि. पब्लिक हाई स्कुलमा हाजिरीजवाफ प्रतियोगिता

खबर नागरिक

भैरहवा । विद्यार्थीहरूको ज्ञान, बौद्धिक क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले  सि. बि. पब्लिक हाई स्कुलमा अन्तर समूह हाजिरीजवाफ (क्विज) प्रतियोगिता सम्पन्न भएको छ। 

आइतबार विद्यालय परिसरमा आयोजना गरिएको प्रतियोगितामा कक्षा ७, ८, ९ र १० का रानीमहल हाउस, तिलौराकोट हाउस, लुम्बिनी हाउस र देवदह हाउस समूहबाट ४–४ जना गरी जम्मा १६ जना विद्यार्थी सहभागी थिए। 

कार्यक्रममा बोल्दै  प्राचार्य उदय कुमार मल्लिकले यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान आर्जन गर्न प्रेरित गर्ने बताउदै यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताए । 

पहिलो राउन्डमा लुम्बिनी हाउसले ४५, रानीमहल हाउसले ३५, तिलौराकोट हाउसले ३० र देवदह हाउसले २५ अङ्क प्राप्त गरे। दोस्रो राउन्डमा लुम्बिनी हाउसले ६५, रानीमहल हाउसले ४०, तिलौराकोट हाउसले ५५ र देवदह हाउसले १० अङ्क जोड्न सफल भए। त्यसैगरी तेस्रो राउन्डमा लुम्बिनी हाउसले ४०, रानीमहल हाउसले ४५, तिलौराकोट हाउसले ३० र देवदह हाउसले ३५ अङ्क प्राप्त गरे।

कडा प्रतिस्पर्धापछि लुम्बिनी हाउसले जम्मा १९० अङ्कसहित प्रथम स्थान हासिल गर्‍यो। रानीमहल हाउस १५५ अङ्कसहित दोस्रो, तिलौराकोट हाउस १४५ अङ्कसहित तेस्रो तथा देवदह हाउस ११५ अङ्कसहित चौथो स्थानमा रह्यो।

लुम्बिनी हाउसको टोलीमा कप्तान केशव भण्डारीको नेतृत्वमा भुवन श्रेष्ठ, इशान आलम र समृद्धि मल्लिक सहभागी थिए। त्यस्तै रानीमहल हाउसको कप्तान सिखा यादवको नेतृत्वमा खुशी गुरुङ, निकिता मल्ला र सत्यम श्रेष्ठ थिए। तिलौराकोट हाउसको कप्तान बन्दना गौतमको नेतृत्वमा अच्युत न्यौपाने, गगन यादव र तृषला कर्ण सहभागी थिए भने देवदह हाउसको कप्तान यमुना घिमिरेको नेतृत्वमा सौभाग्य सुनार, प्रिन्स कल्वर र अनुभव अधिकारी रहेका थिए।

 यसैगरी, बोर्ड स्कोरर र मेन स्कोररको जिम्मेवारी क्रमशः निष्कर्ष शर्मा र सना खानले सम्हालेका थिए भने समय सूचकमा कृशंग थापा, समाचार लेखनमा विजय गुप्ता तथा माइक होल्डरमा रिया गुप्ता सक्रिय रहेका थिए।

निर्णायक मण्डलमा शिक्षकहरू कमला नेपाल, रीता जैशी र निर्मला लोहनी रहनुभएको थियो।  विद्यालयका प्राचार्य उदय कुमार मल्लिककाे प्रमुख आतिथ्यता तथा उपप्रधानाध्यापक उजेली कुमारी सोनी अध्यक्षता मा भएकाे कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।



प्रतिक्रिया