फ्युचरलाइटका कोरियन भाषीले नेपालमै पहिलो पटक एसईईमा सहभागिता जनाउदै

माेहम्मद हबिब

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ८ स्थित फ्युचरलाइट इंगलिस हाई स्कुलले कोरियन भाषा अध्यापन गराएपछि पहिलो पटक एसईईमा सहभागिता जनाउने भएको छ । 

विगतका वर्षदेखि अनिवार्य विषय सहित कोरियन भाषा अध्यापन गराउदै आएको विद्यालयले यस वर्ष पहिलो पटक २८ जना विद्यार्थीलाई एसईईमा सहभागिता गराउने भएको हो । नेपालकै पहिलो व्याचको रुपमा रहेको यी विद्यार्थीहरुले कक्षा 

भैरहवाको फ्युचर लाइट स्कुलमा कक्षा ११ र १२ मा कोरियन विषय पढाइ हुने कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढेका हुन । 

आइतबार विद्यालयमा दक्षिण कोरियाका प्राध्यापक डा. काङ देइ हुनसँग विद्यार्थीहरुको अन्तरक्रिया भएको छ । विद्यार्थीहरुको उच्च शिक्षा, कोरियन भाषाको भविष्य र कोरियामा नेपाली विद्यार्थीहरुको अवस्थाबारेमा विद्यार्थीले प्रश्नोत्तर गरेका थिए । विद्यार्थीहरुलाई कोरियाको बारेमा जानकारी गराउदै प्राध्यापक देई हुनले कोरियन भाषा अध्ययनले नेपाली विद्यार्थीहरूको भविष्य उज्यालो हुने बताए । उनले नेपाली विद्यार्थीहरू सिक्न निकै इच्छुक र अनुशासित भएको बताउदै प्रारम्भिक चरणमै कोरियन भाषा बोल्न सक्नु अत्यन्तै प्रशंसनीय कुरा रहेको बताए । कोरियन भाषा सीपले उनीहरूलाई कोरिया मात्र होइन विश्वव्यापी अवसरसम्म पु¥याउनेछ उनले भने ।  

एसईईमा सहभागिता जनाएपछि फ्युचरलाइट इंगलिस हाई स्कुलले नै कक्षा ११ र १२ मा पनि पाठ्यक्रम अन्तर्गत कोरियन भाषा अध्यापन गराउने योजना बनाएको छ । विद्यार्थीले तह बृद्धि गर्दै नेपालमै पहिलोपटक कोरियन विषयलाई उच्च माध्यमिक तहसम्म विस्तार गर्ने शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने विद्यालयका संस्थापक प्रचार्य गम्भिर  गुरुङले बताए । उनले विद्यार्थीहरूको कोरिया प्रतिको बढ्दो आकर्षण र रोजगारी तथा उच्च शिक्षाका अवसरलाई ध्यानमा राख्दै विद्यालयमा कोरियन भाषा अध्यापन सुरु गरिएको जानकारी दिए । उनले  हाल कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढाइ भइरहेको छ र विद्यार्थीहरू खर्र कोरियन बोल्न सक्षम बन्दै गएको बताए ।

दक्षिण कोरियाका प्राध्यापक डा. काङ देइ हुनले आइतबार विद्यालयमा आयोजित नेपाली विद्यार्थी र कोरियाली प्राध्यापकबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै कक्षा ११ र १२ मा पनि कोरियन विषय सञ्चालन हुनुले नेपाल–कोरिया शैक्षिक सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ ।  

यस वर्ष विद्यालयका विद्यार्थीहरूले पहिलोपटक एस.ई.ई. परीक्षामा कोरियन विषयको परीक्षा दिन लागेका छन् । कक्षा १० पछि पनि विद्यार्थीहरूले कोरियन विषय निरन्तर अध्ययन गर्न पाउने सुनिश्चित गर्न विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति प्रक्रियामा पहल गरिरहेको छ । एस.ई.ई. दिएका विद्यार्थीहरूलाई सोही विद्यालयमै कक्षा ११ मा अध्ययन गर्न व्यवस्था मिलाइने प्रतिबद्धता विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि डा. बैकुण्ठ आचार्यले आउँदै गरेको एस.ई.ई. परीक्षामा कोरियन विषयमा ३.६ जिपिएभन्दा बढी अंक ल्याउने उत्कृष्ट विद्यार्थीलाई आफूसँग कोरिया लैजाने प्रतिबद्धता व्यक्त गरे । 

यस घोषणाले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको छ । विद्यालयमा कोरियन भाषा अध्यापन सुरु भएसँगै विद्यार्थीहरूलाई भाषा सीप, अन्तर्राष्ट्रिय संस्कृतिको बुझाइ तथा भविष्यमा अध्ययन र रोजगारीका नयाँ सम्भावनाहरू खुल्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया