भैरहवा । नेपाल प्रहरी प्रमुख दान बहादुर कार्कीले मिडिया र प्रहरी बीच साझा एवं अन्योन्यिास्रित समबन्ध रहेको बताएका छन । लुम्बिनी प्रेस क्लबको कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले मिडिया प्रहरीको सहयोगी हुन सक्ने बताउदै अनुसन्धानमा सकारात्मक भुमिका निर्वाह गर्दै सञ्चारकर्मीले लुकेका अपराध बाहिर ल्याउन निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए । अनुसन्धानमुलक पत्रकारिताबाट ठूलो हिस्सालाई आक्रान्त परेको संगठित तथा सिमापार अपराध, मानव वेचविखन,भ्रष्टाचार बन्यजन्तु तस्करी लगायतका विषयलाई उठान गर्न सके समाज विकास हुने बताए ।
उनले तस्करी यताबाट उता जाने जति खराब छ उताबाट यता आउने पनि उस्तै खराब रहेकोले सन्तुलित रुपमा हामी काम गर्नुपर्ने बताए । खुला सिमाना तस्करहरुका लागि स्वर्णभूमि हुने कुरा हुनु हुदैन भन्दै उनले त्यस्ता ठाउहरुलाई नियनत्रण गर्नुपर्ने भएकोले सही सूचना दिए नियन्त्रणमा सहजता हुने बताए ।
नेपाल आयतमा आधारित अर्थतनत्र रहेकोले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधन यात्रुवाहक र मालवाहक सिमामा एक पटक सबै तरिकाले चेकजाँच गर्ने र विचमा कैफियत देखिए मात्रै त्यो परिस्थितीमा चेक हुने, जथाभावी चेक गर्न नपर्ने बताए ।
गल्ती भेटिए प्रमाणको आधारमा रौकने छेक्ने गरेपनि त्यो वाहकेको सवारीसाधन अनावश्यक चेक नगर्न कुरामा प्रहरीले सुनिश्चित गर्ने बताए । हाम्रो साझा प्रयासले नेपाल भारत दुवै मुलुकका नागरिक स्वतनत्र रुपले आवतजावत गर्ने माहोल बनोससाझा धार्मिक र सास्कृतिक अभ्यासहरुले निकट बनाएकोले यो प्रगाढ बन्दै जाने बताए ।
सञ्चारकर्मीले घटनाको प्रत्यक्षदर्शीको हिसाबले काम गर्नेहुदाँ प्रहरीलाई शान्ति सुरक्षा कायम राख्ने क्रममा अनुसन्धान गर्ने क्रममा सकारात्मक सूचना आउने गरेको बताए । अफवाह, मिथ्या र भ्रामक सूचना चिर्न पत्रकारले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार दिएर नागरिकमा चेतनाको स्तर बढाउनु पर्ने उनले बताए ।
सञ्चार क्षेत्रले जनचेतना अभिबृद्धि गरेर अपराध न्यूनिकरणमा सहयोग पु¥याउदै आएको बताए । उनले घटना दुर्घटनाविकृतिहरुका सूचना सम्प्रेसण गरेर जनचेतना ल्याउने गरेको छ । यस्तै साइबर अपराध, मानववेचविखनलैगिङ हिंसाबालबालिकाबालविवाह दाइजो प्रथा, कुरिती र विकृतिहरुका विषयमा सञ्चार जगतले महत्वपूर्ण भुमिका खेलेको बताए । सन्तुलित रुपमा काम गरेर यसले जनविश्वास बृद्धि गर्दै सकारातमक दबाब सृजना गर्ने, प्रहरकिो छवि निर्माण, तथ्य सत्य उजागर गर्ने, सही समयमा सही सूचना दिने लगायतको काम हुदै आएको छ ।
प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाका लागि प्रहरीको चासो रहेको बताउदै पत्रकारिता गर्ने व्यक्तिले प्रेस पास, ज्याकेट जस्ता पहिचान गरे सुरक्षित वातावरण गर्न सकिने हुदा सहयोगको अपेक्षा गरे । पत्रकारलाई कानुनी उपचार र न्यायमा सुनिश्चितताको काम प्रहरीले गरीरहेको छ । पत्रकारलाई दिइने धम्की, ट्रोलिङ्गरोक्न साइबर व्यूरोले काम गरेको छ । सूचनाको हकको सम्मान गर्नेै कुरामा नागरिकको हकका लागि देशभरिका जिल्लामा प्रेस मिट मार्फत प्रदान हुने गरेको छ ।
उनले सञ्चारकर्मीहरुलाई अनुरोध गर्दे भने ‘समाचार पुष्टि नगरी प्रकाशन गरेकोले ठूलो क्षति हुने गरेको उदाहरण रहेकोले समाचारलाई सम्बन्धितलाई एक पटक सोधेर भेरिफाई गरेर मात्रै सम्प्रेसण गर्न आग्रह गरे । उनले मनगणन्ते कुरामा सुत्रका आधारमा, नाम नबताउने शर्तमा एक कर्मचारीअधिकारीका अनुसार पनि समाचार प्रकाशन भएकोले प्रवक्ता, सूचनाअधिकारी लगायतको कोट गरेर निकाले पत्रकारिताको मुल्य मर्म अनुरुप हुने नागरिकले सही सुचना पाउने बताए । यसले अपराध पनि सृजना नहुने रसमाजमा गलत सन्देश जाने सम्भव न्यून रहने बताए ।
समाजका उत्तेजना फैलाउने, सदभाव विथोल्ने खालको समाचार निकाल्ने कारणले समस्या सृजना भएको पाइएकोले यस तर्फ पत्रकार प्रहरी एउटै वोटमा रहेकोले मुलुकालाई शीरमा राखेर, कानुन कार्यान्वयन, कानुनी शासन, सुशासन, समृद्धि र सभ्यतामा काम गर्ने भएकोले पत्रकार र प्रहरी एउटै ठाँउमा रहने बताए ।
राजनितिमा धेरै समाचार केन्द्रित हुनुको साटो सत्कर्म गर्ने व्यक्तिहरुको पनि उजागर गर्ने समचार बनाउन अनुरोध गर्दे उनले प्रशंन्सा र आलोचनात्मक, असल कर्म गर्नेहरु प्रति केन्द्रित हुनु पर्ने बताए ।