भैरहवा । जेन जी सिद्धार्थनगर समिति गठन भएको छ । युवाहरुको एक भेलाले आयुश तिमिल्सेना संयोजक रहेको नगर समिति गठन गरेको हो ।तिमिल्सिनाको संयोजकत्वमा १३ सदस्यीय नगर समिति गठन भएकाे छ ।
समितिको सहसंयोजकमा नवराज भण्डारी र सुवेच्छा न्यौपाने,सचिवमा सविता पन्थी,कोषाध्यक्षमा युनिषा भण्डारी,सहसचिव गौरव अग्रहरी र सहकोषाध्यक्षमा विधान विश्वकर्मा चयन भएका छन् । नगर समिति सदस्यहरुमा सिमोन गुरुङ,अभिषेक श्रीवास्तव,रुपङ्क अधिकारी,अन्जली न्यौपाने,सुलोचना अर्याल र शिवनाथ कुंवर रहेका छन् ।
भेलाले विजय सागर श्रेष्ठ, नारायण प्रसाद भण्डारी, ओम पौडेल, रामचन्द्र रेग्मी, सुमन न्यौपाने, लक्ष्मी अधिकारी र बी।एन। गुप्ता सम्मिलित ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। केही सदस्य र सल्लाहकारहरू पछि मनोनित गरिने सल्लाहकार नारायण प्रसाद भण्डारीले जानकारी दिए।
नवगठित जेन जी नगर अध्यक्ष तिमिल्सेनाले नगरभित्र स्थानीय सरकार र सरकारी कार्यालयहरुमा सुशासन, पारदर्शिता, छिटोछरितो सेवा प्रवाह लगायतका विषयमा निगरानी गर्ने बताए ।
जेन जेड रुपन्देहीका जिल्ला सह-संयोजक विवेक पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक अगुवा, साहित्यकार तथा समाजसेवी विजय गोविन्द श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन जेन-जेड रुपन्देहीका सचिव सुरज पोखरेलले गरेका थिए।