११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको कर्मचारी मिलन केन्द्रको परिसरमा मतदान भइरहेको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्यहरूले मतदान गरिरहेका छन् भने मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि मतदानको व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेशमा कुल २९९ जना मतदाता रहेका छन् । तीमध्ये ८३ जना प्रदेशसभा सदस्य छन् भने २१६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेका छन् ।
मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएको छ ।
January 25, 2026