भैरहवा । जलिय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षामा सम्वद्र्धन भन्ने नाराका विश्व मत्स्य दिवस मनाइएको छ ।
दिवसको सन्दर्भ पारेर माछाको नश्ल सुधारार्थ स्थानिय जातका माछाको संख्या बढाउने उद्देश्यले प्राकृतिक जलस्रोत नन्द भाउजु तालमा १५ हजार बढि विभिन्न जातका माछाका भुरा छाडिएको हो । स्थानिय माछा प्राकृतिक जलाश्यहरुमा घट्ने क्रममा रहेकोले जलिय विविधताको संरक्षण गर्न पोखरीमा विभिन्न प्रजातिका माछा छोडिएको मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गूप्तले बताए ।
विश्वव्यापी रुपमा सन् १९९७ देखि विश्व मत्सय दिवस मनाइदै आएको छ । मानवीय क्रियाकलापले जलवायु प्रदुषणभई विविधतामै चोट पुगेकोले सचेतना फैलाउने प्रयासका लागि यस वर्ष रुपन्देहीका भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाको संयुक्त आयोजनामा बाउन्नकोटी सामुदायिक बन भित्र रहेको पोखरीमा भुरा राखि विश्व मत्स्य दिवस मनाइएको हो ।
दिन प्रतिदिन नदी नालाको पानी दुषित हुदै जादा भएको स्थानिय माछाको घनत्व घटेर लोप हुदै गइरहेको अवस्था छ । सिचाई र हाइड्रो पावरका लागि बनाइएको बाध कलकारखानाहरुबाट निस्केका दुषित पानी, नदी उत्खननले माछाहरुको अण्डा र प्रजनन गर्ने स्थान नष्ट हुनु र माछाहरु मर्ने भएकोले माछाको सख्या घटने भएकोले सो क्रममलाई व्यालेन्स गर्नका लागि पनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि माछाका भुरा छोडिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अधिकृत शोभाखर पाण्डेले बताए ।
विष विष्फोटक पदार्थ विधुतीय तरिकाबाट माछा मार्ने परिपाटी विकासले स्थानीय माछा लोप हुदै गएको छ । त्यसलाई कम गर्न र निरुत्सहित गर्न विभिन्न सचेतना कार्यक्रम गर्न जरुरी रहेको बताए । नेपाल माछाको उत्पादनको अवस्थामा आत्मनिर्भर तर्फ उन्मुख छ, भारतिय अखाद्य र कम गुणस्तरको माछा भित्रिने क्रम घट्दै, अहिले जिउदो माछा नै उपभोक्ताको प्राथमिकतामा पर्दै आएकोले भारत तर्फ जाने क्रम पनि बढ्दो रहेको छ ।
प्राकृतिक जलाश्यमा विभिन्न मानविय गतिविधीले स्थानीय जातको माछा नष्ट हुदै गएका छन त्यसको संरक्षण र प्रवद्र्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाश्यमा हालेर सुदृणीकरणको अभियानमा लाग्नु पर्छ ।
जलाश्यमा प्रदूषण, तालको क्षेत्रफल घट्दै जानु र अवैध माछा मार्नाले स्वदेशी माछा लोप हुँदै गएकोले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादनलाई अझै बढाउदै लैजानु पर्ने बताए ।
जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले हरेक वर्ष जिल्लाका विभिन्न प्राकृतिक जलस्रोतहरुमा भुराहरु छाडिदै आएतापनि व्यवसायिक रुपमा माछाको लागि पानी अतिआवश्यक रहेकोले त्यसको सहजताका लागि सरकारले कृषि सरहको सुविधा दिनुपर्ने बताए । कृषक भएपनि उद्योग सरहको शुल्क तिर्नुपर्ने बाध्यता रहेकोले अनुदानको व्यवस्था राख्नुपर्ने बताए ।
बाउन्नाकोटी सामुदायिक बन उपभोक्ता समितिका सचिव शशिकला गुरुङले पर्यटकीय गनतव्यका लागि यस क्षेत्रको प्रसिद्ध पोखरीको सौन्दर्यीकरणमा समिती लागेकोले यो कार्यले थप टेवा पुगेको बताउदै माछाको संरक्षण र रेखदेखमा समिति लाग्ने बताइन ।
नेपाल मत्स्य व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विन्दुलाल श्रेष्ठले किसानहरुलाई व्यवस्थित गर्दै उत्पादनदेखि उपभोक्ता सम्म सहज, स्वच्छ र गुणस्तरीय उपभोग गर्न पाउने वातवारण हुनुपर्ने बताए ।
पक्लिहवा कृषि क्याम्पसका प्रमुख जन्मजय गैह्रेले मत्स्य विकासबाट सामाजिक रुपान्तरण र आर्थिक विकासमा टेवा पुग्ने बताए । यो क्षेत्र माछाको उर्वरभूमि रहेकोले माछाको आयात रोकि निर्यातको काम सुरु भएको छ, उत्पादमात्र नभई खाद्य सुरक्षाका लागि र उद्यमीहरुले भोगेको समस्यामा सरकारले सहयोग गरी हौसला बढाउन जरुरी रहेको बताए ।
गहुबाली अनुसन्धान कार्यक्रमका प्रमुख रोशन बस्नेतले माछा निर्यातलाई प्रवद्र्धन हुने काम गरी प्रतिकुल वातावरण, रोग व्याधीबाट शुद्ध नश्लका लागि चुनौती थपिएकोले खाद्य र पोषक सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा निमित्त महानिर्देशक श्रवण कुमार चौधरीले ओभर फिसिङ्ग गर्दा विचार नपु¥याएकोले नदी नाला तथा प्राकृतिक जलस्रोतमा स्थानीय जातको माछा लोप हुने हुदा सबैमा जनचेतना जगाउन जरुरी रहेको बताए । उनले परम्परागत रुपमा समात्ने मात्रै गर्ने संरक्षण र सम्बद्र्धन नगर्दा समस्या सृजना हुने, उपभोक्ताको चाहना अनुसार उत्पादन गर्ने, व्यवसायिक रुपमा माछा पालन गर्दा कृषि सरहको सेवा दिनुपर्ने, गुणस्तरीय प्रतिस्र्पाा गर्नुपर्ने र प्राकृतिक जलस्रोत संरक्षण गर्न सबै सरोकारवाला निकायले उजागर गरे दिवसको औचित्य रहने बताए ।