भैरहवा । भैरहवामा भएको १७ औं लियो कर्पोरेट क्रिकेटको उपाधि गरिमा विकास बैंकले जितेको छ । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भएको प्रतियोगितामा यस क्षेत्रका ८ कर्पोरेट टिमको सहभागितामा प्रतियोगिता भएको हो ।
मेगा केमिकलको मुख्य प्रायोजनमा सिद्धार्थ क्रिकेट रंगशालामा भएको कर्पोरट सुपर सिक्स खेलमा सेन्ट्रल फाइनान्स लिमिटेडलाई २२ रनले पराजित गर्दै गरिमाले उपाधि जितेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस जितेर व्याटिङ रोजेको गरिमाले निर्धारित ओभरमा ५७ रन बनाएको थियो । ५८ रनको लक्ष्य पाएको सेन्ट्रल फाइनान्सले ३६ रन मात्र बनाउन सक्यो ।
फाइनल खेलमा गरिमा विकास बैंकका सुजन बस्याल म्यान अफ द म्याच भए । प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा लिग चरणमा भएको हो । पहिलो सेमिफाइनलमा हिमालयन बंैक र गरिमा बैक विच भएकोमा गरिमा विजयी भई फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनल खेल सेन्ट्रल र महालक्ष्मी विकास बैंक बिच भएकोमा सेन्ट्रल फाइनान्स विजयी भई गरिमा बैंक सँग फाइनल खेलेको क्लबका अध्यक्ष लियो विमल गौतमले बताए ।
विगत १७ वर्षदेखि हुदै आएको कर्पोरेट प्रतियोगिता यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा आपसी भाइचारा स्थापित गर्दै क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष गौतमले बताए ।
प्रतियोगिताको विजेताले बीस हजार नगद, ट्रफी र प्रमाणपत्र उपविजेताले दश हजार नगद सहित ट्रफी, प्रमाणपत्र पाएको छ । त्यस्तै म्यान अफ द सिरिज सेन्ट्रल फाइनान्सका विष्णु कुमार यादव ट्रफी सहित प्रमाण पत्र, अनुशासित टिमबाट महालक्ष्मी बैक, बेष्ट ड्रेस अवार्डबाट नबिल बैंक पुरस्कृत भएको थियो । त्यस्तै उत्कृष्ट बलर सेन्ट्रलका अरुण अधिकारी , उत्कृष्ट व्याट्र महालक्ष्मीका शैलेश पाण्डे , उत्कृष्ट क्याच कर्ता र उत्कृष्ट फिल्डरको रुपमा हिमालयन बैंकका दिपेन्द्र अर्याल पुरस्कृत भए ।