सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भित्तेपात्रो विमोचन

खबर नागरिक

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो संस्थागत पहिचान र परम्परालाई निरन्तरता दिँदै भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ। बुधबार आयोजित एक औपचारिक कार्यक्रममा संघले उक्त भित्तेपात्रोको विमोचन गरेको हो।

नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले संघले विभिन्न चुनौतीपूर्ण कार्यहरूमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रशंसा गरे । उनले यस्ता गतिविधिहरूले संस्थाको परिचय फराकिलो बनाउनुका साथै सदस्यहरूबीचको सम्बन्ध र सद्भाव अझ सुदृढ हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भित्तेपात्रो प्रकाशनको महत्व र उद्देश्यबारे प्रकाश पारेका थिए । उनले भित्तेपात्रो प्रकाशन संघको नियमित वार्षिक कार्यक्रम भएको उल्लेख गर्दै यसले संस्थागत पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विगत वर्षहरूमा व्यवसायीहरूबाट विज्ञापन संकलन गरी भित्तेपात्रो प्रकाशन गरिँदै आएको भए पनि यस वर्ष भने कुनै विज्ञापन नलिई सम्पूर्ण खर्च संघले नै व्यहोरेको अध्यक्ष आचार्यले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, तथा संघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्षहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया