गाडी चालक अनुमति पत्र छपाइको काम तीव्र, छापिएका लाइसेन्सको विवरण वेबसाइटमा राख्न शुरू

खबर नागरिक

सुरक्षण मुद्रण केन्द्रले छापिएका गाडी चालक अनुमतिपत्र लाइसेन्स को विवरण वेबसाइटमा राख्न थालेको छ । 

सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै छिटो छरितो प्राप्त गर्न गराउनका लागि वेबसाइटमा राख्न थालिएको हो । यातायात व्यवस्था विभाग र कार्यालयसँगको समन्वयमा छापिएका कार्ड सम्बन्धित ठाउँमा पठाउने व्यवस्था केन्द्रले गरेको हो । 

अहिले दैनिक झण्डै ४० हजार प्रति लाइसेन्स छपाइ भइरहेको छ । दुई सिफ्टमा छपाइ हुने गरेको केन्द्रले जनाएको छ । आउँदो असार मसान्तसम्म २९ लाख प्रति लाइसेन्स छापिसक्ने योजना केन्द्रको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लाइसेन्सको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइको काम तीव्र रूपमा अघि बढेको हो ।

प्रतिक्रिया