भैरहवा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अहिले भेटघाट चलिरहेको छ । रुपन्देहीका पनि यो क्रम चलिरहदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पनि रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरेका छन । तारेख लिन रुपन्देही आएकै समयमा रबीले जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम भन्दै आचारसंहिता विपरित कोण सभा गरेका छन । उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने प्रतिबद्धता जनाएपनि पार्टी सभापतिकै उपस्थितीमा उल्लंघनको काम भएको हो । अहिले व्यक्तिगत र सामुहिक रुपमा भेटघाट मात्रै गर्न मिल्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ (म) मा मतदान हुने दिन भन्दा सत्र दिन अगाडि अर्थात फागुन ४ गतेदेखि मात्रै जुलुस आमसभा, वा कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार प्रसार सामाग्री प्रकाशन वा प्रसारण गर्न, प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख गरेपनि लामिछाने उपस्थितीमा भैरहवा स्थित मेउडिहवा चोकमा कोण सभा नै भयो ।
दफा १३ को (ख) मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने र दफा १३ को (ग)मा जुलुस आमसभा कोण सभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति समय मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराउनु पर्ने उल्लेख भएपनि सोलाई लत्याउदै मेउडिहवा चोक, मर्चवारमा सयौँको संख्यामा उपस्थिती गराई साउण्ड माइक सहितको कार्यक्रम गरिएको छ ।
उपस्थितहरुले पनि आचारसंहिता विपरित व्याच र चुनाव चिन्ह घण्टी बजाउदै विहानै देखि रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रको विभिन्न भागमा दर्जनौ गाडीको लस्कर सहित ¥याली र सभा गरेका छन ।
समाजिक संजलामा पनि आइतबार बाटै देवदहको खैरेनीबाट जिल्लाको विभिन्न क्षेत्रका २६ स्थानमा निर्धारित तालिका अनुसार नै कार्यक्रम हुने गरी प्रचार गरिएको थियो । सबै स्थानमा औपचारिक सम्बोधन नभएपनि केही ठाउँमा भासण भएको थियो । उनले निर्वाचन क्षेत्रका रास्वपाका उम्मेदवारलाई अघि सारेर कार्यक्रम गरेका थिए ।
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट फोन, सामाजिक संजाल र लिखित रुपमा २०–३० वटा उजुरीहरु प्राप्त भएको छ, छिटफुट घटना भएकोले सम्बन्धितलाई सबैलाई जानकारी गराएको आचारसंहिता पालना गराउने तर्फ लागेका बताए ।
रवि लामिछानेले कोण सभा गरेको जानकारी नआएको, तर विभिन्न ठाएमा रुट बनाएर आचारसंहिता पलना गरेर भेटघाटको कार्यक्रम गर्ने जानकारी आएको बताए । हिजै हामीले सम्बन्धितलाई व्यवस्थि तगर्नका लागि अनुरोभ गरेकोउनले भने ।
समग्र जिल्लाबाट गम्भिर प्रकृतिको नभई सामान्य उल्लंघनको उजुरी आएकोले हामीले सम्बन्धितलाई सो को जानकारी गराएको निगरानी गरी केही हटाउन लगाई आचारसंहिता पालना गराउने तर्फ लागेका छौ ।
पोस्टर टासेको, व्यानर टासेको, कार्यकर्तालाई भोज खुवाएको लगायतको उजुरी आएको र त्यसलाई बन्द गराई सकारात्मक नतिजा आएको अधिकृत आचार्यले भने जिल्ला मा आएको सबै उजुरी फछर्यौट भएको जानकारी दिए ।
चुनावी कार्यक्रममा नवलपरासी प्रशासनद्वारा रोक
सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका रास्वपा सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ ।
सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो राखेको हाे । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन लामिछानेलाई भनेको छ ।
सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही आएको मौकामा लामिछानेले रुपन्देहीका ५ निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरुलाई सम्बोधनसमेत गरेका थिए ।
लामिछाने आज मंगलबार नवलपरासी जाने तयारी अनुसार कार्यक्रम तय भएको थियो । लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो ।
उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए । मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए ।
आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गर्छौंः रास्वपा नेता खनाल
लामिछानेले मंगलबार नवलपरासी पश्चिमका दुई निर्वाचन क्षेत्रमा सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका छन् । रास्वपा नेता एवं नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गरिने बताए ।
झण्डा प्रयोग नगरी मतदाता र कार्यकर्तालाई अभिभावादन गर्ने गरी कार्यक्रम गरिने उनको भनाइ छ । ‘अरु दलले पनि गरेकै छन्, रास्वपाले गर्न नपाउने भन्ने हुँदैन,’ खनाल भन्छन् ।