शनिबार बिहानै देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएपछि रातीकाे उडान अबरूद्ध हुन पुग्याे । विद्युत् सर्ट सर्किट भएपछि विमानस्थलको रनवेका लाइट सिस्टम नचलेपिछ विमानस्थल करिब साढे ४ घण्टा बन्द गरिएको थियो।
विमानस्थल बन्द हुदा भैरहवा र पाेखरा डाइभर्ट गर्न सकिने बैक्लपिक व्यवस्था पनि नगरी अाकाशमै हाेल्ड गरियाे र केही अन्यत्र डाइभर्ट गरियाे । जसमा अान्तरिक र अन्तराष्टीय उडानहरू पनि थिए । प्राविधिक टोलिको मर्मतपछि विमानस्थलको रनवे धावनधमार्गमा विद्युत् आपूर्ति पुनः सुचारु भए पछि सञ्चालन भएकाे विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
रनवेमा विद्युत् आपूर्ति टुटेपछि विमानस्थल साँझ सवा ५ बजेबाट राति ९ बजेर ४० मिनेटसम्म बन्द भएको थियो। रनवेमा देखिएको समस्या समाधानपछि विमानस्थलमा उडान तथा अवतरण सुचारु भएको छ। ‘प्राविधिक टोलीले करिब साढे ४ घण्टा लगाएर एयरफिल्ड लाइटनिङ सिस्टम आएको खराबीलाई बनाएका छन्। सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुचारु भएको प्रवक्ता शेर्पाले जानकारी दिए।
त्रिभुवन विमानस्थलमा रनवेको बत्तीमा देखिएको समस्याका कारण इतिहासमा नै पहिलोपल्ट उडान अवरुद्ध भएको विमानस्थल स्रोत बताउँछ। पूर्णरूपमा सञ्चालनमा रहेको मुलुकको पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानसँगै हजारौं यात्रुहरू अलपत्र परेका थिए। विमानस्थल बन्द हुँदा भारत, बंगलादेशलगायत देशहरूमा डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडान पुनः काठमाडौं विमानस्थल फर्किएका छन्।
विमानस्थलमा सधैंजस्तो शनिबार पनि रनवेको नियमित चेकजाँचपछि उडान÷अवतरण सुचारु गराउने प्रकियामा थियो विमानस्थल तर, विमानस्थल प्राविधिक टोलिले शनिबार बिहान ६ बजे रनवेको चेकजाँच गर्दा विद्युत आपूर्ति बन्द भएको देखियो। रनवेको बत्तीमा विद्युत् आपूर्ति बन्द भएको शनिबार बिहानै जानकारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। सूर्योदय भइसकेकोले भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट आन्तरिक तथा बाह्य उडान गराइयो।
दिउँसो २ देखि ३ बजे रनवे बन्द गरी समस्याको पहिचान र समाधानको प्रयास भए पनि सम्भव भएन। ‘रनवेमा नै गएर विद्युत् आपूर्ति किन अवरुद्ध भयो भनेर जाँच गर्नुपर्ने भएकोले दिनभरि विमानस्थल सुचारु राखियो। सूर्यास्त भएपछि आईएफआर उडान भर्नका लागि रनवेमा बत्ती चाहिन्छ। यसका लागि विमानस्थल साँझ सवा ५ बजेबाट बन्द गरिएको थियो ।
रनवेको एप्रोच लाइटिङ, एयर लाइटिङ, सेन्टरलाइन लाइटिङ, थ्रेसहोल्ड लाइटिङलगायत धेरै प्रणाली हुन्छन्। त्यो प्रणाली बिहानबाट नै बिग्रिएको हो। दिनभरि भीएफआर फ्लाइट भयो। दिउँसोलाई समस्या भएन। सवा ५ बजे सूर्यास्त भइसकेपछि आईएफआर फ्लाइट सुरु हुन्छ। त्यसका लागि रनवेमा लाइट चाहिन्छ। पहिला साढे ७ बजेसम्मका लागि बन्द गरिएको थियो। प्राविधिक टोलीले विद्युत् आपूर्ति सुचारु गर्न नसकेपछि साढे ९ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको थियो। समस्याको पहिचान भइ मर्मतपछि राति ९बजेर ४० मिनेटबाट विमानस्थल पुनः सुचारु गरिएको उनी बताउँछन्। दिउँसो आन्तरिक उडान पनि प्रभावित हुने भएकोले साँझको समयबाट मात्रै समस्या समाधानको पहल सुरु गरिएको प्राधिकरणले जनाएको छ।
के कारणले रनवेमा विद्युत् आपूर्ति बन्द भयो भन्ने एकिन नभए पनि यहाँ भइरहेको निर्माणको कामले असर गरेको हुन सक्ने भुलको बुझाइ छ। शनिबार बिहान साढे ४ बजेसम्म रनवे नजिक निर्माणको काम भइरहेको थियो। ‘विमानस्थलको सुधार आयोजनअन्तर्गत रनवेको ट्याक्सी वे, पार्किङको विस्तारको काम भइरहेको छ। ५०–६० वर्षको पुरानो प्रणाली छ। अहिले नयाँ निर्माण गर्दा समन्वयको अभावले पनि समस्या भएको हुन सक्छ,’ भुल बताउँछन्। पहिला पनि रनवेमा समस्या आउने गरेको तर केहि मिनेटमा नै समस्या सुल्झाउने गरेकोमा इतिहासमा पहिलोपटक रनवेमा विद्युत् आपूर्ति बन्द भएर त्रिुभुवन विमानस्थल नै बन्द गर्नु परेको उनले जानकारी दिए।