लुम्बिनीको विकास गर्न सबै एक हुनुपर्छ, होटल संघको अध्यक्षमा शर्मा

खबर नागरिक

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीको विकास गर्न सबै पक्ष एक हुनुपर्ने बताएका छन । लुम्बिनी होटल संघ नेपालको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिेवशनमा बोल्दै सहभागीहरुले विकास कोष र कोष बाहिरको सबै पक्षको समन्वय सहकार्य विना लुम्बिनीको विकास नहुने बताए । 

प्रमुख अतिथी लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पर्यटकलाई जबरजस्ती रोक्न नसकिने हुनाले सेवा सुविधा उत्कृष्ट दिए पर्यटक स्वतः रुक्ने बताए । 

‘प्रकृतिले यस प्रदेशमा थुप्रै पर्यटकीय गनतव्य र भुगोल बनाएको छ, हामीले खाली सेवा मात्रै दिए पर्यटक थामि नसक्ने हुन्छ । लुम्बिनी गौतबमबुद्धको जन्मस्थल हो यहाँ शान्तिको अनभूत हुदैन भने पाइला राखेको ठाँउमा कसरी अनूभुत हुन्छ । भन्ने सन्देशका लागि सबैको प्रयास जरुरी रहेको बताए ।’ 

मन्त्री पाण्डेले ‘जातियातको विकास होइन मानवताको विकास गर्नुपर्छ । जरिवाना गरेर पर्यटक आउदैनन पर्यटकर्ला पर्यटकको रुपमा हेर्नुपर्ने बताए । उनले विकास निरन्तर हुने प्रक्रिया हो इमान्दारीका साथ सबैले दायित्व निर्वाह गरे परिवर्तन आउने बताए । आत्तिएर हुदैन सबैले समाजलाई परिवर्तन हुने काम गर्न आग्रह गरे । 

प्रदेश सभासदस्य सिके गुप्ताले लुम्बिनी विकास कोषले स्थानीयलाई प्राथमिकता नदिई सधै हस्तक्षेप मात्रै गरेकोले यसलाई सुधार्नु पर्ने बताए । उनले स्थानीय सरकार, प्रदेश सरकारको समन्वय र सहकार्यमा विकास कोष अगडि बढ्नु पर्ने बताए ।

यहाँ आउने भारतिय पर्यटकमा गरिने व्यवहार तेस्रो मुलुकको पर्यटक जस्तो नगरेको पाएकोले सबै पर्यटकलाई सम्मानजनक व्यवहार गर्नु पर्ने, लुम्बिनीको नामले देशको पहिचान हुने हुदा नाम बेचेर कोष भित्र पुर्वाधार विकास भएपनि पर्खाल बाहिरका नागरिकले विकासको अनुभूत हुने काम गर्न आग्रह गरे ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजनले बुद्ध जन्मस्थल लुम्बिनी अन्तराष्ट्रिय रुपमा महत्वपूर्ण स्थान भएतको पर्यटनमैत्री वातावरण सृजना गर्न जरुरी रहेको बताए । यहाँको स्थानीयको सहभागितामा आन्तरिक र बाहय पर्यटक भित्रयाई बसाई लम्बयाउने कुरामा नगरपालिका सहकार्य गर्न तयार रहेको बताइन । भारतिय पर्यटक पनि पर्यटक रहेकोले व्यवहारमा परिवर्तन गरी सबै पक्ष मिलेर पर्यटक आउने वातावरण बनाउनु पर्ने बताइन । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लुम्बिनीलाई विश्वले चिनेको पनि यस क्षेत्रको पर्यटन चलायमान हुन नसकी दयनीय अवस्था रहेको बताउदै स्थानीय सहभागितामा विकास कोष अगाडि बढ्नु पर्ने बताए । उनले स्थानीय सरकारले अपनत्व लिएर शान्तिको अनुभूत हुने वातावरण बनाउन जररुी रहेको छ  यसका लागि सबै निजी क्षेत्र एकत्रित भइ यहाँको प्रवद्र्धन गर्न सकिने बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधी गौतमले लुम्बिनीको व्याख्यामा एकरुपता ल्याउनका लागि क्याम्पसले शिक्षाको लागि तयारी गरेको बताउदै सबैको सहकार्यको जरुरी रहेको बताए । उनले यहाँ छिटै नै यूवा सम्मेलन गर्न लागेको समेत बताए । 

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष सिपी श्रेष्ठले लुम्बिनीको विकास र पर्यटक भित्रयाउनका लागि होटलसंघको ठूलो योग्दान रहेकोले सबै होटलहरु एकजुट भई लडेर होइन मिलेर विकास गर्न जरुरी रहेको बताए । 

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले संस्थाको विकासका लागि थुप्रै काम र प्रयास भएको बताए । नवनिर्वाचित अध्यक्ष लीलामणी शर्माले संस्थाको विकाससँगै यहाँके पर्यटकीय वातावरणमा गुणात्मक सुधार, सम्न्वयत्मक भूमिका संघको पहलमा गर्ने बताए । होटल तथा पर्यटन व्यवसायीको सुदृणीकरण पर्यटकीय वातावरण बनाई, अतिथी सत्कार, वातावरण संरक्षण, क्षमता विकासको काम आफु लाग्ने बताए ।

कार्यक्रमको अवसरमा लुम्बिनीमा ठूलो योग्दान पु¥याएका व्यक्तित्व र संचार क्षेत्रमा योगदान गर्ने सम्मान गरिएको थियो ।

अध्यक्षम शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

लुम्बिनी होटल संघ नेपालको चौथो अधिवेशनले लीलामणि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

संघको चौथो अधिवेशनबाट अध्यक्षमा शर्मा सहित वरिष्ठ उपाध्यक्ष शेखर कार्की, उपाध्यक्ष भुपेन्द्र गुरुङ, महासचिव टिका कुमारी कट्टेल, सचिव एकराज कण्डेल, कोषाध्यक्ष दिपक पंगेनी र सह–कोषाध्यक्ष धिरज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन । यसै गरि  नयाँ कार्यसमितिको सदस्य पदमा पद्मा काफ्ले, प्रजुल कार्की क्षेत्री, दिपेन्द्र लाल बनियाँ, आशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य, र जनक बहादुर सोमई मगर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए । 



प्रतिक्रिया