भैरहवामा थपियो रोयल कलिन्गा क्यासिनो

खबर नागरिक

भैरहवा । भैरहवाको क्यासिनो मार्केटमा विहीबारदेखि थप एक क्यासिनो थपिएको छ । सिद्धार्थनगर नगरपालिका १० एयरर्पोट नजिकै रहेको होटल गौतमबुद्ध इन्टरनेश्नलले रोयल कलिन्गा क्यासिनो सञ्चालनमा ल्याएको छ । 

गौतमबुद्ध एयरर्पोट होटलको रुपमा सञ्चालित होटलले नयाँ व्यवस्थापन सहित स्तरबृद्धि गर्दै चार तारे होटलको रुपमा प्रस्तुत गरेको छ । नयाँ व्यवस्थापकिय टिमले स्तरबृद्धिसँगै बैन्क्युट हल, स्पा र क्यासिनो लगायतको सेवा थप गरेको हो । 

नेपालको आयस्रोतको रुपमा ठूलो सम्भावना क्यासिनोमा रहेको र १ सय ५० जनालाई रोजगार दिएको क्यासिनोका जेनरल म्यानेजर लक्ष्मण बोहराले जानकारी दिए । अन्य क्यासिनो जस्तै सबै प्रकारका खेलहरु यस्मा समावेश भएको र फराकिलो समेत रहेको बताए । हाम्रो मुख्य स्रोत नै भारतिया र विदेशी पर्यटक  रहेको त्यसका लागि प्रचार प्रसारमा लागेको बोहराले भने  । 

मन लक्ष्मी ईन्टरप्राइजेज कम्पनि मार्फत विजय पुन मगर मुख्य सञ्चालकको रुपमा रहेको रोयल कलिन्गा क्यासिनोको अनुमति पत्र लिई आजबाट शुभारम्भ गरिएको छ । करिब ३० करोड लगातमा खुलेको क्यासिनोमा हुनुपर्ने सबै प्रकारको सेवा सुविधा रहेको बताए । 

क्यासिनोका महाप्रबन्धक लक्ष्मण बोहराले क्यासिनोमा १५० जना बढीले रोजगारी पाएको बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र नै भएको र यसले मुलुकमा रोजगारी बढाउने भएकाले पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको क्यासिनोका महाप्रबन्धक लक्ष्मण बोहराले भने । ‘हाम्रो मुख्य उद्देश्य विदेशी पाहुनाहरूलाई आकर्षित गर्ने र भैरहवालाई एउटा प्रमुख पर्यटकीय हबको रूपमा स्थापित गर्नु रहेकाे छ । होटलको गुणस्तर र क्षमता अभिवृद्धिमा समेत ठुलो लगानी थपिएको छ ।

सुरुवाती चरणमा काम गरेका र हाल २० करोड रुपैया थप लगानी गरी धेरै सुविधा थप गरेका होटलका प्रबन्ध निर्देशक देव खड्काले बताए । उनले ५ सय अटने हल, २४ घण्टा स्पा, हेल्थ क्लब, स्वीमिङ्ग पुल लगायतको व्यवस्थापन थप र व्यवस्थित गरिएको छ । हामीले लिएपछि व्यवस्थापन विस्तारै परिवर्तन गरी हामीले लिएको लक्ष्य अनुरुपको काम हुने गरि काम अगाडि बढेको छ । लगानी फिर्ता हुनेगरी यो होटल चलाउन हामी प्रतिबद्ध रहेको खड्काले भने ।   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय मिटर दुरीमा रहेको यो होटलमा हाल ६० बढी कोठाहरु छन् । होटलको व्यवस्थापन गरिरहेको माउरी सोलुसन हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृतदेव कुमार खड्काले सुरुको लगानीमा थप १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा ल्याइएको बताए।  त्यस्तै होटलको छतमा १ सय ५० जना अट्ने एयरपोर्ट भ्यूसहितको लाउन्ज सञ्चालनको अन्तिम चरणमा रहेको होटलका व्यवस्थापक गुणराज मगरकाे भनाइ छ । 

क्यासिनो सञ्चालनमा आएसँगै चहलपहल बढ्ने अपेक्षा छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैले जोड दिनुपर्ने छ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भए आर्थिक गतिविधि स्वतः चलायमान हुने छ ।

प्रतिक्रिया