रुपन्देही-३ः उम्मेदवार र दल फकाउदै बासुदेव घिमिरे

खबर नागरिक

भैरहवा ।  फागुन ४ गतेदेखि औपचारिक रुपमा चुनावी प्रचार प्रसार भइरहेको छ । अधिकांस घरदैलो र भेटघाटमा व्यस्त भइरहदा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे राजनैतिक दल र उम्मेदवारलाई नै प्राथमिकतामा राख्दै फकाउदै आएका छन । । चुनावी नजिकदिै गर्दा रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी समीकरण अप्रत्याशित रुपमा फेरिदै गएको छ । घरदैलो र भेटघाटमा व्यस्त उम्मेदवारहरूबीच नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे भने प्रतिस्पर्धी उम्मेदवारलाई नै केन्द्रमा राखेर अघि बढेको देखिन्छन् ।  चुनावी मैदानमा मतदाता भन्दा बढी दल र उम्मेदवार ‘व्यवस्थापन’ मा घिमिरे लागेको देख्न सकिन्छ ।

हालै मात्रै मधेसवादी दल जसपा नेपाल र लोसपा नेपाल एकीकरण गरी संयुक्त जसपा नेपालले रुपन्देही–३ बाट उम्मेदवार बनाएको श्रीनिवास यादवलाई नै घिमिरले निष्कृय पारेका छन । उम्मेदवारहरुको मनोभावना बुझदै उनले यादवको उम्मेदवारी नै निश्क्रीय बनाई समर्थन गर्न सम्म बनाएका छन । यादवको चुनाव चिन्ह छाता रहेको छ । 

यादव मात्रै होइन सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका मोहम्मद मुर्तुजा शाहलाई पनि एमालेको समर्थन गर्नका लागि घिमिरेले उम्मेदवारी नै निश्क्रीय बनाएका छन । शाह सिद्धार्थनगर ११ निवासी शाहको चुनाव चिन्ह शंखेकिरा रहेको छ । 

मंगलबार पनि घिमिरेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई फकाउदै रुपन्देही क्षेत्र नं. ३ मा एमालेलाई मतदान गर्नका लागि कन्भिन्स गर्दै चुनावी तालमेल गरेका छन  । प्रलोपाले यहा गोविन्द कारखेतिलाई उम्मेदवार बनाएकोमा मनोनयन पछि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको थियो । निष्कासन पछि काराखेति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी समर्थन गरिरहेका छन । 

त्यति मात्रै होइन आफ्नै वा अरु कुन पार्टीमा को रुष्ट छ तिनलाई पनि फकाउनका लागि घिमिरेको टिम सक्रिय रहेको छ । एमालेलाई समर्थन गरेपछि शंखेकिरा, छाता, खुलेका आखा निर्वाचन चिन्हका उम्मेदवारले समर्थक र शुभचिन्तकलाई सुर्यमा भोट हाल्नका लागि अपिल गर्दा गर्छन कि गर्दैनन भन्ने निर्वाचनको मतपरिणामले देखाउछ । 

राजनीतिक विश्लेषकहरूका अनुसार घिमिरेको टोली असन्तुष्ट नेता–कार्यकर्तालाई समेत फकाउने अभियानमा सक्रिय छ । कतिपयले उम्मेदवार खरिद विक्री हुने गरेको तथ्यहिन कुराहरु समेत गरेका छन  ।

घिमिरे एक कार्याकाल स्थानीय तह, २०७९ मा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए भने अहिले क्षेत्र नम्बर ३ झरेका छन । १ लाख ४० हजार ३५ जना मतादाता रहेको यहाँ स्वतन्त्र १७ र दलीय १९ गरी ३६ जना उम्मेदवार छन । केही उम्मेदवार सेवा सुविधा लिनका लागि डमीको रुपमा रहेका छन । मुख्य रुपमा यहाँ एमाले, कांग्रेस, रास्वपा, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन । 


प्रतिक्रिया