भैरहवा । बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतदान स्थलमा तयारी भइरहेको छ । जिल्ला भर २ सय १३ मतदान स्थलका ७ सय ३६ मतदान केन्द्रमा निर्वाचन अधिकृत सहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन । रुपन्देहीको संवेदनशीलता अनुसार मतदान स्थलको सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै सुरक्षाकर्मी परिचालन भएको छ । अधिकांस मतदानस्थलमा सुरक्षाकर्मी, कर्मचारी मतपत्रसहित पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिइन ।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका उनले जानकारी दिइन ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतल रुपन्देहीको पाँचवटै क्षेत्रमा सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतहरू सामाग्री सहित पुगिसकेको सबै केन्द्रहरूमा सर्वपक्षीय बैठकहरू बसी, कर्मचारीहरूले मतदान केन्द्र व्यवस्थित बनाइदै गरेको जानकारी दिए ।
मतदान स्थलमा ७ सय ३६ जना मतदान अधिकृत सोही संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । ४ हजार ४ सय ४ जना कर्मचारीहरू सहित २ हजार २ सय ३ जना स्वयंसेवकहरू पनि खटिएका छन । सुरक्षा व्यवस्थाको हकमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ जस्मा मतदान केन्द्रभित्र नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बस्छ भने मतदान केन्द्रको बाहिरपट्टि हरेक पाँच मिनेटमा सेना पुग्ने व्यवस्थापन गरिएको छ । हरेक क्षेत्रमा एकजना मेजरको कमाण्डमा सेना खटिएको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
केही नजिकका स्थानमा संवेदनशीलतका कारण मतपत्र पठाउने काम बाकी रहेकोले त्यसलाई पठाइने छ । कर्मचारीहरूलाई पनि निर्धक्कसँगले निर्वाचनमा सहभागी भई कामकाजमा खटिनलाई सहजता बनेको छ । मतदाताहरू, समग्र मतदाताहरूलाई स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन गर्न सुरक्षाको पनि प्रबन्ध भएको छ । मतदाताहरूलाई निर्धक्क भएर आफूले चाहेको उम्मेदवार अथवा मतदान चिन्हमा मतदान गर्ने वातावरण बनेको छ ।
मतदान केन्द्रलाई छेकबार गरी, व्यवस्थित गर्न बाँस गाडेर, रस्सीको सहयताले मतदान केन्द्रहरु तयार पारिदैछ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाईन लाग्ने गरि ब्यवस्था मिलाईएको छ भने अपाङ्ग, अशक्त तथा जेष्ठ नागरिकलाई लाईन लाग्न नपर्ने गरि छुट्टै ब्यवस्था गरिएको छ ।
मतगणना स्थलमा तारजाली र सिसी क्यामरा
रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रको मतगणना सोही क्षेत्रमा अलग अलग हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले मतदान पछिको मतगणनालाई व्यवस्थित बनाउन स्थल तोकी तिब्ररुपमा तयारी गरेका छन । मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तारजाली लगाउने लगायतका काम भइरहेको छ ।
निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तार जाली र सिसी टिभीको प्रयोग गरिरहेको हो । रुपन्देही ३ को मतगणना भैरहवा नमूना माध्यमिक बिद्यालयमा गर्ने गरि व्यवस्थापन मिलाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित सो विद्यालयकोे पछाडीको ब्लक मतगणना गरिने गरि तयारी गरिएको छ ।
मतगणनाका लागि ३ वटा हलमा मतगण्ना गर्ने गरि तयारी गरिएको छ । यस्तै कन्ट्रोल रुम, मतपेटिक संचिति कोठा र मिठियाका लागि पनि कोठाको व्यवस्थापन भएको छ । यस्तै अन्य क्षेत्रको मतगण्ना पनि सोही क्षेत्रमा गरिने गरि व्यवस्था मिलाइएको छ । हरेक क्षेत्रमा मतगणना स्थलको तयारी सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
सम्भवतः ४८ घण्टामा प्रत्यक्षको नतिजाः मुख्य निर्वाचन अधिकृत
मतपेटीकाहरू संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर सोही निर्णय अनुसार मतगणना गरिने छ । सम्भवत हामीले यहाँको प्रत्यक्ष तर्फको मतपरिणाम ४८ घण्टामा दिनेगरि तयारी गरेका छौै । निर्वाचन क्षेत्र नम्बर १ बाट १ लाख ४६ हजार ८ सय २४ जना, क्षेत्र नम्बर २ बाट १ लाख ३५ हजार ५० जना, क्षेत्र नम्बर ३ बाट १ लाख ४० हजार ३५ जना, क्षेत्र नम्बर ४ बाट १ लाख १६ हजार १ सय ७२ जना र क्षेत्र नम्बर ५बाट १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउने छन ।
भीम अस्पताललाई ‘¥यापिड एक्सन टास्क फोर्स’
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को समयमा हुन सक्ने आपतकालीन स्वास्थ्य चुनौतिहरुलाई मध्यनजर गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ ।
एम.डी.जी.पी. डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा फिजिसियन डा. विनोद खनाल, सूचना अधिकारी डा. आरिफ हुसेन, मेडिकल अधिकृत डा. रवि शुक्ला, फार्मेसी अभिकृत नारायण सिंह कोईरी, ल्याब टेक्निसीयन भेष नारायण चौधरी, प्रशासन अधिकृत ईश्वरी ज्ञवाली, अनमी निरीक्षक बन्दना पंगेनी र सदस्य सचिवमा इमरजेन्सी इञ्चार्ज जनक राज पन्त रहेका छन । आवश्यक योजना निर्माण, तयारी, समन्वय तथा प्रतिकार्यका लागि ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पताल प्रमुख डा. वर्षा थापाले जानकारी दिइन ।