तिरुपति स्पोर्ट्स क्लबको अध्यक्षमा खेमराज भुषाल, प्रशिक्षक बसन्त शाही सम्मानित

खबर नागरिक

भैरहवा, १८ फागुन । तिरुपति स्पोर्ट्स क्लबको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आईतवार गुलमोहर रेष्टुरेन्टमा आयोजित एक विशेष समारोहका बीच खेमराज भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।


जस्काे वरिष्ठ उपाध्यक्षमा कैलाश गुप्ता, उपाध्यक्षमा संजीव जोशी, सचिवमा प्रिय बन्धु न्यौपाने, कोषाध्यक्षमा मनोज भण्डारी, सह-सचिवमा भुवन राणा, सह-कोषाध्यक्षमा कृष्ण कुँवर निर्वाचित भएका निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए । यस्तै कार्यसमिति सदस्यहरूमा सन्तोष भुषाल, हरिस सेठिया, विजय खरेल, प्रेम बेलबासे, शारदा मल्ल, सुजित श्रीवास्तव, पिताम्बर न्यौपाने, विजय ज्ञवाली र दीप आचार्य निर्वाचित भएका हुन । 


कार्यक्रमको पहिलो सत्र निवर्तमान अध्यक्ष राजकुमार गुप्ताको सभापतित्वमा र दोस्रो सत्र नवनिर्वाचित अध्यक्ष खेमराज भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक बसन्त शाहीले तिरुपति स्पोर्ट्स क्लबले नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले यस क्लबबाट झण्डै दुई दर्जन अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुनु गौरवको विषय रहेको बताउँदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।


सोही अवसरमा नेपाली क्रिकेटमा अतुलनीय योगदान पुर्‍याएका प्रशिक्षक बसन्त शाहीलाई र क्लबका आजीवन सदस्य सञ्जीव शर्मा रेग्मीलाई पनि सम्मान गरिएकाे थियाे । 

प्रतिक्रिया