भैरहवा , माघ १। माघे संक्रान्ति (मकरसंक्रान्ति)को पर्व र सेभ फ्युचर नेपाल (SFN) क्लबका संस्थापक सल्लाहकार श्री महेन्द्र कार्कीको जन्मदिनको अवसरमा वृद्ध आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “हाम्रो देश हामीले बनाउँ बोलेर होइन, गरेर देखाउँ” भन्ने मूल नाराका साथ बिहीबार आयोजित कार्यक्रममा सेभ फ्युचर नेपालले श्री ॐ सत्य साई वृद्ध आश्रम, ओसतिया-०४ का आश्रित आमाबुवालाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको हो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी हिरा बहादुर शाह रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा आश्रम संस्थापक माया खरेल सहभागी हुनुभएको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष र संस्थापक सल्लाहकारले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाजमा रहेका असहाय, वृद्ध तथा अभिभावकविहीन व्यक्तिहरूको सेवा नै सच्चा मानव धर्म भएको उल्लेख गर्दै आयोजकले सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
वितरण सामग्रीमा चामल, तेल, पिठो, बिस्कुट, लड्डु/भुजा/तिल, सुन्तला र भुजा समावेश थिए।
कार्यक्रम सफल बनाउन इन्द्रा चौधरी, रिशिकेश पटुवा, मोहन हुयायु, महेन्द्र कार्की, साकार गुरुङ, गणेश चालिसे, सबिता ठकुरी, सुरज विश्वकर्मा र सन्दिप गुरुङले सहयोग गर्नुभएको थियो।
साथै कार्यक्रममा किष्ण कन्डेल, उद्दव थापा, साकार गुरुङलगायत समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।