रुपन्देही सुपरलिग मंगलबारदेखि, २० क्लबको सहभागिता

खबर नागरिक

भैरहवा । २८ वर्ष अघि देखि हुदै आएको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको वर्षको २०८२को संस्करण मंगलबारदेखि सुरु हुदैछ । २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग स्थानीय २० क्ल्बको सहभागितामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने भएका ेआयोजक रुपन्देही क्रीकेट संघले पत्रकार सम्मेलन गरि जानकारी दिएकोे छ । 

नेपालकै लिग चरणको ठूलो खेलको रुपमा लिइने यो प्रतियोगिताको पहिला बी डिभिजनका १२ टिम बीच खेल हुने उच्च अंक सहित उत्कृष्ट रहेका २ टिम ए डिभिजनमा उक्लिदै १० टिमबीच प्रतियोगिता हुने रुपन्देही क्रीकेट संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले जानकारी दिए  । रुपन्देहीका सबै क्षेत्रका खेलाडीहरु सहभागि हुने स्वरुपले टिमको सहभागिता रहेको छ । एकदिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने छ ए डिभिजन प्रतियोगिता २ समूहमा विभाजन गरी पुनः लिग चरणमा खेलाइने छ । टिमले धेरै खेल खेल्न पाओस भन्दै यस खेलको स्वरुप केही परिवर्तन गरि ३७ वटा प्रतियोगिता हुने गरी टाइसिट बनाइएको छ । 

प्रतियोगितामा बिजेताले १ लाख नगद, ट्रफी मेडल र प्रमाणपत्र,  उपबिजेताले ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार २ सय नगद र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक प्रथम पराजुलीले जानकारी दिए । माउन्ट एभरेष्ट कत्था मिलले प्रथम पुरस्कार, विके ज्वलर्सले द्वितीय पुरस्कार, होटल स्टार होलिडेले म्यान अफ द सिरीज, सिद्धार्थ उद्योग वाणिज्य संघले प्रत्येक खेलको उत्कृष्ठ खेलाडी, रवि रौनियारले उत्कृष्ट बलर र व्याटर एव अमित कुमार गुप्ताले म्याचको बलको प्रयोजन गरेका छन ।

नेपालको क्रिकेटमा यो क्लब स्तरीय गेमले ठूलो योगदान गरेको छ । नेपालका जिल्लास्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीले सुरुवात गरेको हो यस्को मुख्य डिजाइन प्रेम कुमार सेन्चुरी र ऋषि अग्रवालले गरेका थिए । १५ लाखको अनुमानित लागतमा हुने प्रतियोगिता संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी लामो समयदेखि गर्दै आएको संघका पूर्व अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए, 

 आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, जीआर बेलबास, तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुटवल राइनोज रहेका छन् ।

बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सैनामैना, बुटवल ११, बुद्ध क्रिकेट क्लब, देवदह क्रिकेट युनिट देवदह छन् । 


प्रतिक्रिया