नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वमा सरकार बनेको अवस्थामा गर्ने कार्यका लागि विगत सात वर्ष देखि ‘प्रोजेक्ट गर्भमेन्ट’को तयारी गरिरहेका थिए । बुधबार जनकपुरमा उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरुसहित १० बुँदे आधार सार्वजनिक गरेका थापाले बिहीबार प्रजातन्त्र दिवसको अवसर पारेर कोरेको मार्गचित्रमा देश चलाउने अवसर पाए के गर्ने भन्ने उल्लेख छ ।
आसन्न प्रतिनिधि सभाको चुनावपछि कांग्रेस नेतृत्वको सरकार हुने अवस्थामा बनेमा उक्त दलबाट सत्ताको बागडोर सभापति थापाले सम्हाल्ने छन् । प्रोजेक्ट गर्भमेन्टको तयारी गरिरहेका सभापति थापाले आफ्नै नेतृत्वमा चुनावी प्रतिज्ञापत्र बनाएका छन् ।
निकट विगतको इतिहासमा जारी भएका कांग्रेसका ‘घोषणापत्र, प्रतिज्ञापत्र, संकल्पपत्र’ तयार गर्दा सभापति आफैं संयोजक बनेर तयार गर्ने प्रचलन थिएन । सभापति थापाको मूल नेतृत्वमा बिहीबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे उनी भन्छन्,‘कार्यान्वयन गर्ने व्यक्तिले आफैं लेख्नुपर्छ भनेर एक एकमा आफैं लागेर तयार गरेको छु ।’ १९९ पेजको प्रतिज्ञापत्र बन्नुमा विगतमा प्रोजेक्ट गर्भमेन्टका लागि गरिएका तयारी बारे जानकारी गराउने उद्देश्यले रहेको छ।
बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ भनेको छ । प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजनहरू अघि सारेको छ ।त्यस्तै, कांग्रेसले यसलाई कसरी कार्यान्वयनमा लाने भन्नेबारे पनि विस्तृत उल्लेख गरेको छ ।
कांग्रेसको प्रतिज्ञापत्रकाे पूर्णपाठ