भैरहवा ।महिन्द्राका बीई–६ र एक्सईभी ९ ई रुपन्देहीमा सार्वजनिकसँगै विक्री सुरु भएको छ । हेटौडा, बीरगंज र चितवन पछि अग्नि समूहको सहायक कम्पनि तथा नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि आस्था प्रा.लिले रुपन्देहीका तिलोत्तमा ९ भलवारीबाट विक्री सुरु गरेको हो । नेपालको ७ औं शोरुमको रुपमा तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा गाडीको उद्घाटन गरी यी नयाँ विद्युतीय एसयूभीहरू औपचारिक रूपमा बजारमा ल्याइएका हुन् ।
गाडीको उद्घाटन गर्दै अध्यक्ष कार्की समय परिवर्तन भइरहेको बेला आवश्यकता र माग अनुसार नै महिन्द्राले विद्युतीय एसयूभीहरू ल्याएको छ, यसले पेट्रोलियम पदार्थबाट हुने व्यापार घाटा केही भए पनि काम गर्ने बताए ।
भैरहवा र बुटवलको केन्द्रमा रुपन्देही र आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू–बीई–६ र एक्सईभी ९ई–सार्वजनिक भएको कम्पनिले जनाएको छ । पेट्रोलियम गाडीमा उत्कृष्टता हासिल गरेको कम्पनिले ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अत्याधुनिक विद्युतीय एसयूभीहरू भित्रयाइरहेको छ । भारतमा उच्च श्रेणीमा रेन्किङ भएको गाडीमा ७ बटा एयर बैग रहेको कम्पनिका प्रोडक्ट म्यानेजर सागर भट्टराईले भने ।
महिन्द्रा र सुरक्षा एक अर्काको परिपुरक रहेको भन्दै महिन्द्राका यी विद्युतीय एसयूभीहरू ‘इङ्ग्लो प्लेटफर्म’मा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मानिने ‘माया’ प्रणालीबाट सञ्चालित छन । कम्पनीका अनुसार बीई–६ र एक्सईभी ९ईले पर्फमेन्स, इन्टेलिजेन्स, आधुनिक डिजाइन र दिगोपनालाई एकैसाथ समेटेका छन्, जसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको भलवारी शाखा प्रमुख प्रज्वल अर्यालले बताए । ।
निरन्तर विस्तार भइरहेको नेपाली अटोमोबाइल बजारले अत्याधुनिक प्रविधियुक्त बर्न इलेक्ट्रिक भेहिकल्सलाई उत्साहका साथ स्वीकार गरिरहेको कम्पनीको भनाइ छ । हालसालै महिन्द्रा एक्सईभी ९ईले ‘इन्डियन कार अफ द इयर’ अन्तर्गत ‘ग्रिन कार अफ द इयर’ अवार्ड प्राप्त गरेको छ, जुन यसको दिगो डिजाइन, उन्नत विद्युतीय प्रविधि र उत्कृष्ट प्रदर्शनको प्रमाण भएको दाबी गरिएको छ । कार्यक्रममा ग्राहकवर्ग र कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेकोे थियो ।