भैरहवा । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको आयोजनामा भिक्षु तथा नव प्रव्रजित सामणेरहरुको उपस्थितीमा तेस्रो पटक धम्म यात्रा हुने भएको छ ।
फागुन पुर्णिमाको अवसरमा हुदै आएको यो यात्रा चैत्र १३ र १४ गते रुपन्देहीको देवदह, बुटवल– लुम्बिनी र भैरहवामा हुने तय भएको बौद्ध समाज नेपालले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
बुद्धको अस्तिधातुसहितको धम्मयात्रामा लुम्बिनीबाट हालै श्रामणेरमा प्रवजित भएका ५ सय (थाइलैण्डका ३ जना सहित) कुलपुत्र प्रवज्याहरु सहित भिक्षु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि तथा संस्थागत उपस्थितीमा बृहत् धम्मयात्रा तय गरिएको आयोजक संस्था बौद्ध समाज नेपालकी महासचिव राधिका पुनले जानकारी दिइन । भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलबस्तु आउँदा प्रयोग गरेको बाटोलाई पछ्याउँदै ती अल्पकालिन भिक्षुले बुद्धको अस्तुधातुसहित यात्रा गर्नेछन । थाइल्याण्डको धम्मकाय परिवार र बौद्ध समाज, नेपालको संयुक्त व्यवस्थापनमा तथा अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ लगायतको २० वटा संस्थाको सहआयोजनामा कार्यक्रम गरिएको गर्न लागिएको हो ।
लुम्बिनीबाट श्रामणेरमा प्रवजित ५ सय जना अल्पकालिन भिक्षु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी हुने गरी बृहत् धम्मयात्रा तय गरिएको आयोजक संस्था बौद्ध समाज नेपालकी महासचिव राधिका पुनले जानकारी दिइन ।
‘बोधगायामा बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलस्तुको कुदानमा आउँदा २० हजार भन्दा धेरै भिक्षुको साथमा यही बाटोको रुट हुँदै हिँडेको इतिहासको आधारमा यो कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका छन ।
बुद्धले ज्ञान लाभ प्राप्त गरेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा गृहनगर कपिलवस्तुको तिलौराकोट आउँदा प्रयोग गरेको मार्ग हालको सिद्धार्थनगर–लुम्बिनी मार्गमा केन्द्रित यो यात्रा हुनेछ । यात्राको क्रममा १३ गते देवदह बुद्ध विहारबाट शुरु भई पूर्व पश्चिम राजमार्ग हुँदै यशोधरा भिक्षुणी विहार, शीतलनगर, भवानीपुर हुदै सेमरहना सम्म यस्तै बुटवल उप महानगरपालिका कार्यालयको प्राङ्गणबाट शुरु भई अमरपथ हुँदै पूर्ण चैत्य विहार, विपि चोक, आदर्शनगर गेटबाट थकाली सेवा समाजको भवनसम्म र लुम्बिनीको ४ नं. गेटबाट शुरु भई भगवान बुद्धको जन्मस्थल लुम्बिनी उद्यान हुँदै शान्तिदीपबाट अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृहसम्मा हुनेछ ।
यस्तै १४ गते दिउँसो २ बजे देखि सिद्धार्थ रंगशाला भैरहवाबाट शुरु भई निर्वाणा होटल चोक, मिलन चोक, बुद्ध चोक हुँदै धम्मयात्रा गरी मुख्य कार्यक्रम लुम्बिनी गेट, भैरहवामा हुने समाजका अध्यक्ष शंकर गाहा मगरले जानकारी दिए ।
यो यात्रा बुद्ध धर्म बुझने र सिक्ने ठाउको साथै अनुशासन र ज्ञान प्राप्त गर्ने अवसर पनि हो । शान्त र संयमित पदयात्रा (धम्मयात्रा) आफैँमा एक दुर्लभ र पुण्यदायीको रुपमा रहेको छ । भैरहवामा रहेको लुम्बिनीद्वार हालसम्म बिश्वको एकमात्र लुम्बिनीको नामबाट रहेको द्वार भएकोले यसको प्रवद्र्धन गर्न यस क्षेत्रको विकास गर्न यस्ले ठूलो भूमिका खेल्ने अपेक्षा छ ।
भन्ते थावरोका अनुुसार पहिलो वर्ष एक हजार दुई सय ५० जान, दोस्रो वर्ष ५ सय र अहिले तेस्रो वर्ष ५ सय जनाले प्रबज्या गरि यसका सहभागिता जनाउदै छन । धम्मयात्राले बुद्धको सन्देशलाई स्थानीयहरुसम्म पुर्याउन ठूलो सहयोग गरेको बताउँदै हरेक वर्ष निरन्तरता दिनेगरि यो कार्यक्रम तय गरेका छौै यो हरेक वर्ष आयोजना हुने उनले भने ।
यस क्षेत्रको पर्यटनलाई सकारात्मक प्रभाव पर्ने यो देशकै कार्यक्रम रहेकोले यसमा स्थानीय सरकार, लुम्बिनी विकास कोषले पनि अपनत्व लिने गरि लैजानु पर्छ । यसका लागि थाइलैण्डबाट ८० जना श्रदा राख्दै पुण्यका लागि स्वयंसेवकको रुपमा यहाँ आएका छन ।
अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामि चैत १७ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ । फागुन २६ गतेदेखि शुरु भएको प्रवज्यामा चैत्र ३ गते ललितपुरबाट सुरु गरेका थिए । चिवर प्राप्त गरेका उनीहरुलाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराईने आयोजकले जनाएका छन् ।
व्यवहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी हुन पाउछन । सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, सन् २०१९ मा १ हजार १ सय १९ जना, सन् २०२३ मा ५ सय , सन् २०२४ मा १ हजार २ सय ५० जना, सन २०२५मा ५ सय जनालाई प्रव्रज्या गराइएको थियो भने यसवर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।
नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको छ । धम्मयात्रा एक अत्यन्त शान्त, संयमित र अनुशासित अभ्यास भएको हुनाले सबैलाई सहकार्य गर्न आग्रह गरेका छन ।