भैरहवा । अहिले रुपन्देहीको ५ वटै क्षेत्रमा मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार रुपन्देहीको ४ वटा क्षेत्रमा रास्वपा र एक क्षेत्रमा एमालेको उम्मेदवारले अग्रता बनाएका छन ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सुनिल लम्साल सर्वाधिक ६ सय ६८ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उम्मेदवार प्रज्वल बोहराले १२१ मत, नेपाली कांग्रेसका हिरा केसीले १०५ मत, नेकपा एमालेका दधिराम न्यौपानेले १०३ मत प्राप्त गरेका छन । पछिल्लो गणना अनुसार कुल १ हजार ३ सय ३२ मतको नतिजा आएको छ ।
यस्तै रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सुलभ खरेलले नेकपा एमालेका विष्णु पौडेलसे फराकिलो मतान्तर कायम राखेका छन । पछिल्लो मत परिणाम अनुसार खरेलले १० हजार ५१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्णु पौडेलले जम्मा २ हजार १९३ मत ल्याएका छन । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन ।
यस्तै रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले अग्रता लिएका छन । रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले ३ हजार ६ सय २६ मत प्राप्त गरेका हुन । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उम्मेदवार गौरव बोहराले ४९२ नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ४७० र नेकपा एमाले का उम्मेदवार बासुदेव घिमिरेले २९७ मत प्राप्त गरेका छन ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादव अग्रस्थानमा देखिएका छन । हालसम्मको मत परिणामअनुसार यादवले ३ हजार ८०७ मत प्राप्त गरेका छन । उनी नेपाली काङ्ग्रेसबाट टिकट नपाएर नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका आशुतोष मिश्रले ३ हजार १७१ मत पाएका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाले २ हजार ७९६ मत प्राप्त गरेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार तौफिक अहमख खाँले १ हजार ८ सय ९३ मत सहित अग्रस्थानमा छन । हालसम्मको मत परिणामअनुसार नेकपा एमालेका खिमलाल भटराईले ५८३ मत पाएका छन भने नेपाली काङ्ग्रेसका भरत शाहले ३६३ मत पाएका छन ।