रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयको ७०औं वार्षिक उत्सव सम्पन्न

प्रेरणा नेपाली

भैरहवा । रुपन्देहीको लिलाराम न्यौपाने माध्यमिक विद्यालयले आफ्नो ७०औं वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा शिक्षा, खेलकुद तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य रुप कुमार रायमाझी (क्षेत्री)ले विद्यालयको भावी योजनाबारे प्रकाश पार्दै गुणस्तरीय शिक्षासँगै प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने लक्ष्य रहेको बताए। 

उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नैतिक शिक्षामा जोड दिइने उल्लेख गरे। “विद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन योजना छ,” प्राचार्य रायमाझीले भने।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले विद्यालयको ७० वर्षे योगदानको प्रशंसा गर्दै शिक्षाले सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने आधार तयार गर्ने बताए। उनले युवालाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा सक्रिय बनाउँदै राष्ट्र निर्माणमा सहभागी गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गरे। “शिक्षित र ऊर्जावान युवा नै देशको भविष्य हुन्,” मन्त्री पाण्डेयले भने।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको अथित्यता गरेका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले शिक्षाले जीवनका हरेक क्षेत्रमा सहयोग पु¥याउने भएकाले शिक्षालाई सम्मान गर्न सबैलाई आग्रह गरे। “शिक्षा बिना विकास सम्भव छैन, त्यसैले शिक्षालाई उच्च प्राथमिकता दिनुपर्छ,” नगर प्रमुख खाँले जोड दिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै विद्यालयको इतिहास र उपलब्धिहरूलाई कार्यक्रममा बाल्ने वक्ताहरुले प्रसंशा गरिएका थियो। ७०औं वार्षिक उत्सवले विद्यालयको गौरवशाली इतिहाससँगै उज्यालो भविष्यको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया