तेस्रो समाचार महोत्सव लुम्बिनीमा हुदैं

खबर नागरिक

भैरहवा । लुम्बिनी प्रेस क्लबको आयोजनामा पौष १२, १३ र १४ गते बुुद्ध जन्म स्थल लुम्बिनीमा समाचारमहोत्सव हुने भएकोछ । २०७६ साल मंसिर १, २ र ३ मा लुम्बिनीमा पहिलोपटक समाचार महोत्सव (न्युज फेस्टिभल) सम्पन्न गरेको लुम्बिनी प्रेस क्लबले दोस्रो पटक २०८० सालमा भैरहवामै गरेको थियो । 

प्रेस क्लबको आयोजनामा तेस्रो पटक हुुन गईरहेको समाचार महोत्सवलाई ऐतिहासीक बनाउनेगरी गृहकार्य भईरहेको आयोजक संस्था लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए । 

अध्यक्ष रायमाझिले भने, ‘लुम्बिनीमा तेस्रो पटक हुुन गईरहेको समाचार महोत्सवलाई ऐतिहासीक र उपलब्धीपुर्ण बनाउन हामी सबै लागिरहेका छौं । यो महोत्सवमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रको बारेमा छलफल, बहस, अन्तरक्रिया हुनेछ । 

नेपालकै इतिहाँसमा पहिलोपटक २०७६ सालमा काठमान्डौका मूलधारका ५० जना सम्पादक र देशभरीका ३ सय जना पत्रकार सहभागि गराई पहिलो समाचार महोत्सव गरेको लुम्बिनी प्रेस क्लबको तेस्रो पटकको समाचार महोत्सवलाई धेरैले चासो पुर्वक लिएको देखिन्छ । 

तेस्रो समाचार महोत्सवमा समाचारका विभिन्न विधाको बारेमा छलफल, बहस र अन्तरक्रिया गरिने र त्यसले नेपाली पत्रकारिताको ईतिहाँसको समीक्षा गर्दै , वर्तमानको अवस्था उजागर गदै , भविष्यको मार्ग तयार गर्न योगदान दिने अपेक्षा गरिएको छ । 

तेस्रो समाचार महोत्सवमा भारतको उत्तर प्रदेश र सिक्कीमका पत्रकारहरु, काठमान्डौका पत्रकारहरु तथा नेपालको विभिन्न जिल्लाबाट प्रतिनिधीमूलक रुपमा पत्रकारहरु सहभागि हुने कार्यक्रम संयोजक समेत रहेका लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले बताए । 

संयोजक बडुवालले भने, ‘नेपाली पत्रकारिता जगतमा लुम्बिनी न्युज फेस्टिभल ऐतिहासीक कार्यक्रम हो । यो कार्यक्रममा सबै पत्रकारहरुलाई सक्रियता पुर्वक सहभागिता जनाउन हामीले आग्रह समेत गरेका छौं । ’

१२ बर्ष अगाडी क्रियासील पत्रकारहरुको सक्रियतामा स्थापना भएको लुम्बिनी प्रेस क्लबले पत्रकारिता क्षेत्रको विकासकोलागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया