घरदैलो अभियानमा व्यस्त शुक्ला, जेनजी र मधेसी मुद्दा केन्द्रमा

खबर नागरिक

रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नं. ४ मा चुनावी माहोल तातिएको छ। उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।

सर्बेन्द्र नाथ शुक्ला, जसपा नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार, यतिबेला मर्चवारी गाउँपालिका–१ लगायत विभिन्न वडामा जनसम्पर्क अभियानलाई तीव्र पारेका छन। घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग छलफल गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरेका छन।

उनले, “जेनजी र मधेसी जनताको मुद्दालाई प्राथमिकतामा राखी हामी अगाडि बढेका छौं।” देश वर्तमान समयमा गम्भीर समस्यातर्फ उन्मुख भइरहेको संकेत देखिएकाले आफूले उम्मेदवारी दिएको बताए । “राष्ट्र ठुलो समस्यामा जाने संकेत देखेर नै मैले उम्मेदवारी दिएको हुँ,” शुक्लाले स्पष्ट पारे।

रुपन्देही क्षेत्र नं. ४ लक्षित गर्दै सञ्चालन भइरहेको अभियानमा मायादेवी गाउँपालिका–६ खजुरिया गाउँ, टोलटोल र गाउँगाउँमा जनताको उल्लेख्य चासो देखिएको छ। 

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ भने मतदाताहरू पनि आफ्नो मतको सदुपयोग गर्न सजग देखिएका छन्। निर्वाचनको परिणामले क्षेत्र नं. ४ को आगामी राजनीतिक दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया