सिद्धार्थ दुर्गा यूवा क्लबद्वारा विपन्न परिवारलाई सिरक

खबर नागरिक

भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील सिद्धार्थ दुर्गा यूवाक्लबले विपन्न परिवारलाई फाइबर सिरक बितरण गरेको छ । 

विभिन्नकार्य गर्दै आएको रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २  स्थित क्लबले पछिल्लो समयमा बढेको अत्यधिक जाडोले कठ्यांग्रिएर जीवन धान्न बाध्य भएका कमजोर आर्थिक अवस्था भएका स्थानीय परिवारलाई लक्षित गरी ५५ परिवारका सदस्यलाई फाइबर सिरक प्रदान गरिएको हो ।

परोपकार तथा मानवीय संवेदनालाई ध्यानमा राख्दै दुर्गा मन्दिर सभाहल, मेउडिहवमा सिरक वितरण गरेको क्लबका अध्यक्ष भीम बहादुर थापाले बताए । उनले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता स्थानीय समुदाय लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिई थप सहयोग गरिने बताए । ,

अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै परिवारहरुको आवश्यकताको पहिचान गरी छनोट भएका परिवारलाई सहयोग गरिएको कार्यक्रम संयोजक, हेमकुमार गुरुङ्गले बताए । उनले अति आवश्यक अन्य विपन्न परिवारलाई पनि क्लबले पहिचान गरी आवश्यकता पूरा गर्ने बताए । 

सिरक वितरण गर्दै प्रमुख अतिथी त्रय विनोद गुरुङ्ग, मदन गुरुङ्ग, दलबहादुर थापा“काजी”ले  यूवाहरुको सक्रियता र सहयोगले मानवीय सेवा जस्तो महत्वपूर्ण तथा सराहनिय काम भएकाे बताए । यस्ताे कार्यले अत्यन्तहर्षित भएको र थप कार्यक्रम गर्नको लागि आफुहरु सधै तयार रहेको बताए । उनीहरूले समयानुसार हालको चिसो मौसममा वितरण गरिएको सिरकले विपन्न परिवारलाई राहत पुग्ने विश्वास गरे । 


सामुदायिक सेवा समाज, सिद्धार्थनगर २ की अध्यक्ष इन्दिरा देवी क्षेत्रीले यूवाहरुमा मानवीय सहयोगी भावनाको विकास हुनु अत्यन्त सुखद रहेको र यस्ता कार्यहरु आगामी दिनमा पनि गर्नुपर्ने बताइन । 

स्थानीय समाजसेवी क्याप्टेन टेकबहादुर गुरुङ्गले सामाजिक सेवामा अग्रसर यस ऐतिहासिक क्षेत्रबाट युवाहरु जागरुक भई सेवाभावले कार्य गरेको देख्दा अत्यन्त खुशी भएको बताए । उनले थप सामाजिक सेवाकाकार्यहरुमा नै ध्यान केन्द्रितगर्दै जानुपर्ने बताए ।

क्लबकी उपाध्यक्ष अमृता गुरुङ्गको स्वागत क्लब का सचिव बिकाश बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो। तराईका जिल्लामा अहिले अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ।


प्रतिक्रिया