भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ३ प्रतिनिधी सभा सदस्यमा लेखजंग थापा विजयी भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट दिपक बाेहरा निर्वाचित भएका थिए ।
१९ जना दलिय र १७ जना स्वतन्त्र गरि कुल ३६ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ३ बाट थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशिल गुरूङले ८ हजार ४ सय ३५ मत ल्याएका छन भने तेस्रो स्थानमा नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए ।
निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिक तर्फको मतगण्ना सुरु हुनेछ ।
March 07, 2026